धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ फास्ट ट्रयाकमा ७५ करोड बजेट सुनिश्चित

286

मंसिर २३, डोटी ।
सुदूरपश्चिममा बहुचर्चित योजना ‘धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ फास्ट ट्रयाक’ मा ७५ करोड बजेट सुनिश्चित भएको छ ।
उक्त फास्ट ट्रयाकको सलेना–राजपुर सडक खण्ड निर्माणका लागि बहुवर्षिय ठेक्का हुने गरी अर्थ मन्त्रालयले रु.७५ करोड श्रोत सुनिश्चित गरी सहमती प्रदान गरेको हो ।
मंसिर ८ गतेको मन्त्रि स्तरको निर्णय अनुसार चालु आथिंक वर्षका लागि रु. २५ करोड विनियोजन गरेको अर्थ मन्त्रालयद्वारा मंसिर १८ गते राष्ट्रिय योजना आयोगलाई पठाईएको पत्रमा उल्लेख छ ।
पूर्व मन्त्री तथा प्रतिनिधी सभा सदस्य प्रेम आलेको पहलमा उक्त बजेट विनियोजन भएको उनका स्वकिय सचिव हेमन्त रेग्मीले बताए ।
श्रोत सुनिश्चितता र सहमति प्रदान गरेकोमा रेग्मीले अर्थ मन्त्री डा.प्रकाश शरण महतलाई सामाजिक सञ्जालबाट धन्यवाद समेत दिएका छन् ।
सामरिक, व्यापारिक, छोटो दुरी लगाएत विभिन्न दृष्टिकोणले महत्वपूर्ण मानिएको उक्त सडकमा निर्माण कार्य भने धिमा गतिमा हुने गरेको छ ।
चुनाव ताका सपना बाँडिने यो फास्ट ट्रयाक लामो समयसम्म निर्माण हुन नसक्दा आम नागरिकमा भने निराशा देखिन्छ ।

Возможно, это изображение отрывной талон и текст

Нет описания.

Leave A Reply

Your email address will not be published.