राष्ट्रिय संगीतकर्मी संघ डोटीको अध्यक्षमा सुचिकार पुनः सर्वसम्मत चयन
पुस १४, डोटी ।
विभिन्न विधाका कलाकारहरुको साझा संगठन राष्ट्रिय संगीतकर्मी संघ डोटीको अध्यक्षमा पुनः गोपाल सुचिकार चयन भएका छन् ।
दिपायलको घटाल होटलमा सम्पन्न दोश्रो जिल्ला अधिवेशनबाट सुचिकार नयाँ कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा देउडा गायक केशवराज फुलारा, महिला उपाध्यक्षमा शान्ति चुनारा, सचिवमा दिपक नेपाली, कोषाध्यक्षमा टेक बहादुर ऐर, सह–सचिवमा यशराज बिसी र सह–कोषाध्यक्षमा दल बहादुर भण्डारी चयन भएका छन् ।
सदस्यहरुमा शुशील देवल, अमित नेपाली, फिल बाबा, नरेश नेपाली, सेमस नेपाली र बाँकी ३ जना महिला सदस्य पछि चयन गर्ने गरी १५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको जनाईएको छ ।
त्यसैगरी राष्ट्रिय संगीतकर्मी संघ डोटीको उक्त अधिवेशनबाटै कलाकार तथा पत्रकार झलक पाली ‘झरना’को संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ । सल्लाहकार समितिको सदस्यमा शेर बहादुर साउँद र पुष्पा बोहरा रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमूख अतिथि एवं राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय उपमहासचिव जीवन परियारले विभिन्न विधाका कलाकारहरु विशुद्ध साझा संगठन राष्ट्रिय संगीतकर्मी संघमा गोलबद्ध भई गीतसंगित क्षेत्रमा योगदान गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै डोटेली भााषको डेउडा सँस्कृति अँझ विशेष खालको सँस्कृति भएकाले डेउडा सँस्कृतिको गहिराईमा पुग्दा छुट्टै आनन्द हुने बताए । आफुलाई पनि डेउडा क्षेत्रमा जोड्न कम्तिमा पनि एउटा गीत छिट्टै रेकर्ड गराउने र अर्काे अधिवेशनमा आउँदा आफ्नो गीत सहित उभिने प्रतिबद्धता जनाए ।
कार्यक्रमका विशिष्ट अतिथी राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेश उपाध्यक्ष अम्बिका राईले कला सँस्कृति जोगाउन गीतसँगीतको जगेर्ना गर्न आवश्यक रहेको र संगठित भएर लाग्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रम सञ्चालन डेउडा गायक शेर बहादुर साउँदले गरेका थिए ।