डस्टबिनका रुपमा डोको वितरण

481

पुस २५, डोटी ।

डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ मा फोहोरमैला व्यवस्थापनका लागि स्थानीय व्यापारी, विद्यालय र स्वास्थ्य सँस्थालाई डस्टबिनका रुपमा डोको वितरण गरेको छ ।
फुड्सिल गाउँपालिका वडा नम्बर १ संगको समन्वयमा युएमएन डोटी र ग्रामीण समुदाय विकास केन्द्र डोटीको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजना अन्तरगत ३० वटा डोको वितरण गरिएको जनाईएको छ ।
विद्यालय, स्वास्थ्य संस्था र सिमचौर बजार व्यवस्थापन समितिलाई फोहोर व्यवस्थापनका लागि दोस्रो पटक डोको हस्तान्त्रण गरीएको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष खेम बहादुर घर्तीमगरले जानकारी दिए ।
स्थानीय स्तरमा उपलब्ध हुने बाँस तथा निगालोबाट बनाईएका डोकाहरुलाइ डस्टबीनको रुपमा प्रयोग गर्दा बजार क्षेत्रलाई सरसफाईमा सहयोग पुग्नुका साथै प्लास्टीक मुक्त क्षेत्र बनाउन सहयोग पुग्ने अध्यक्ष घर्तिमगरले बताए ।
डोकाहरु डस्बीनको रुपमा डोटीमा पहिलो पटक प्रयोगमा ल्याईएको उनले बताए ।

May be an image of 11 people and text

Leave A Reply

Your email address will not be published.