सम विकास केन्द्र (इडिसी) को अध्यक्षमा परियार निर्वाचित

195

पुस २७, डोटी ।
डोटीमा लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील गैर सरकारी सँस्था सम विकास केन्द्र (इडिसी) नेपालको अध्यक्षमा केशव परियार निर्वाचित भएका छन् ।
शुक्रबार सँस्थाको केन्द्रिय कार्यालय सिलगढीमा सम्पन्न २६ औं साधारण सभा तथा अधिवेशनबाट परियारको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
अध्यक्ष पदका लागि भएको निर्वाचनमा कूल ४८ मतमध्ये परियारले ३१ मत प्राप्त गरी विजयी भएका हुन् भने अध्यक्ष पदका अर्का उम्मेदवार रविन्द्र बागचनले १७ मत मात्रै प्राप्त गरेका थिए । परियार उक्त सँस्थाका पूर्व अध्यक्ष भईसकेका व्यक्ति हुन् भने बागचन पनि पूर्व उपाध्यक्ष भइसकेका व्यक्ति हुन् ।
त्यस्तै समितिको उपाध्यक्षमा रश्मि गहतराज, सचिवमा बबि कुमार बि.सि.र कोषाध्यक्षमा मनोज बागचन भने निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै सदस्य पदमा योगोश मल्ल, यज्ञ पार्की र खेमराज शर्मा निर्वाचित भएका छन् भने सरला देवल र मनिषा मिजार सर्वसम्मत चयन भएको इडिसी डोटीले जनाएको छ ।
सँस्थाको लक्ष्य र उद्धेश्य बमोजिम काम गर्न आफु लागिपर्ने नव निर्वाचित अध्यक्ष परियारले प्रतिवद्धता जनाए ।
नयाँ निर्वाचित कार्य समितिको कार्यकाल ३ वर्षको हुने जनाईएको छ ।

May be an image of 5 people and text
वि.सं. २०५३ साल फाल्गुन २६ गते स्थापना भएको इडिसीले मानव अधिकार, जातिय छुवाछुत, सामाजिक न्याय, समानता, लैङ्गिक विभेदको अन्त्य, भौतिक पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा, जीविकोपार्जन, क्षमता विकास, गरिबी न्यूनिकरण लगाएत क्षेत्रमा काम गर्दै आएको छ ।
यस पूर्व सँस्थाको अध्यक्षमा अधिकारकर्मी अधिराज बिसी रहेका थिए ।

May be an image of 9 people, hospital, temple and text

Leave A Reply

Your email address will not be published.