गोदावरी नगर स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि दुर्गालक्ष्मी नमूना माविलाई
केशव धामी/पुस २९, कैलाली । कैलालीको गोदावरी नगरपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी दुर्गालक्ष्मी नमूना माध्यमिक अत्तरियाले जितेको छ । पुष २७ गते देखि सुरु भएको नगर स्तरीय प्रतियोगितामा दुर्गालक्ष्मी नमूना माध्यमिकले १३ स्वर्ण १७ रजत र १६ कास्य सहित जम्मा ४६ पदक हात पार्दै उपाधी जितेको हो ।
प्रतियोगितामा ९ स्वर्ण ११ रजत र ७ कास्य सहित सैनिक आवासिय मावि तेघरीले दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै ६ स्वर्ण, १ रजत र २ कास्य सहित दुर्गा भवानी मावि हरैया तेस्रो भएको छ ।
गोदावरी नगरपालिकाभित्रका सामुदायिक र संस्थागत गरी ४२ विद्यालय सहभागि प्रतियोगितामा ६३ स्वर्ण, ५९ रजत र ७५ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा २० विद्यालयले मात्रै स्वर्ण पदक जित्न सफल भएका छन् ।
आईतबार राति अबेर सम्पन्न कार्यक्रमको समापनमा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले विजेता, उपविजेतालाई पुरस्कार वितरण गर्दै अनुशासनपुर्वक खेल सम्पन्न गरेकोमा खेलाडी, खेल प्रशिक्षक, व्यवस्थापक लगाएत सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
गोदावरी नगरपालिका भित्र ५६ ओटा सामुदायिक स्कुल भएता पनि विद्यार्थीहरुलाई खेलकुदका माध्यमबाट नगरस्तरिय कार्यक्रममा न्यून सहभागिता प्रति आफूलाई दुःख लागेको र आगामी दिनमा सामुदायिक स्कुललाई प्राथमिकताका साथ अगाढी बढ्न समेत नगर प्रमुख भट्टले आग्रह गरे ।
कुन विद्यालयले कति पदक जिते हेर्नुहोस् –