टंक आउजीको डेउडा गीत ‘सुवाका मायाले’ सार्वजनिक (भिडियो सहित)

228

माघ २१, डोटी ।
गायक तथा सर्जक टंक आउजीको डेउडा गीत ‘सुवाका मायाले’ सार्वजनिक भएको छ ।
थुप्रै गीतका शब्दकार बिर बहादुर बोहराको शब्द, टंक आउजीको सँगीतमा रहेको गीतमा सुप्रसिद्ध डेउडा गायक भुवनप्रसाद दाहाल, पूर्णकला बिसी, टंक आउजी र भगवती परियारले स्वर भरेका छन् ।
विशेष डिजिटल रेकर्डिङ् स्टुडियोमा विजय थापा मगरले एरेञ्ज, मिक्स तथा मास्टरिङ्ग गरेको गीतका रेकर्डिस्ट शेर साउँद रहेका छन् ।
गीतको भिडियो भीम थापाको निर्देशनमा तयार गरिएको छ ।
भिडियोमा चर्चित मोडल रोजी कुँवर, टंक आउजी, टेक बहादुर आउजीले अभिनय गरेका छन् ।
पछिल्लो समयका कुशल छायाँकार अमृत उपाध्यायले छायांकन गरेको भिडियोको कलरिङ्ग र सम्पादन प्रविण रेश्मीमगरले गरेका छन् भने मेकअप बबिता बोहराले गरेकी छन् ।
उक्त गीत विशेष फिल्मस युटुयब च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो ।

हेर्नुहोस गीतको भिडियो –

 

Leave A Reply

Your email address will not be published.