गणेश साउँद जिसी र अनु खड्का अभिनित डेउडा गीत ‘बाडुली पुगेइन’ बजारमा (भिडियो सहित)
माघ २१, डोटी ।
गायक तथा मोडल गणेश साउँद जिसी र अनु खड्काद्वारा अभिनित डेउडा गीत ‘बाडुली पुगेइन’ बजारमा सार्वजनिक भएको छ ।
दिपक साउँदको शब्द तथा गणेश खड्काको सँगीत रहेको गीतमा टेक भण्डारी र पूर्णकला बिसीको स्वर रहेको छ ।
दिपक संगम बिसीले एरेन्ज तथा मिक्सिङ्ग गरेको उक्त गीत मधुवाला रेकर्डिङ्ग स्टुडियोमा अडियो तयार पारिएको हो ।
जहित बुढाको निर्देशन तथा छायांकन गरेको गीतको भिडियो पदमराज जोशीले कलरिङ्ग तथा सम्पादन गरेका हुन् ।
उक्त गीत सुदूर धमाका म्यूजिक युट्युबबाट शनिबार सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् गीतको भिडियो –