‘रारा राष्ट्रिय म्युजिक २०८०’ उत्कृष्ठ भाषाभाषी गायिका अवार्ड कृष्णा सिराडीलाई

287
फाल्गुन १७, डोटी ।

रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० अन्तरगत उत्कृष्ट भाषाभाषी गायिकातर्फको अवार्ड डोटेली चेली कृष्णा सिराडीलाई प्रदान गरिएको छ ।
बुधबार राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहबीच उनलाई अवार्ड प्रदान गरिएको हो ।
सयौं गीतमा आवाज भरिसकेकी गायिका सिराडीले राष्ट्रिय स्तरको म्युजिक अवार्ड पाउँदा निकै खुसी लागेको बताइन्। यस्ता अवार्डहरुले मौलिक गीत सङ्गीत क्षेत्रमा लागिराख्न थप प्रेरित गरेको उनको भनाइ छ।
डेउडा प्रतिष्ठानकी केन्द्रीय सदस्य समेत रहेकी गायिका सिराडीको “बास घुघुती” बोलको गीतबाट उनलेे अवार्ड पाएकी हुन् ।
डोटीको बडिकेदार गाउँपालिका स्थायी घर भएकी सिराडी कैलालीको अत्तरियास्थित अलिशा म्युजिक रेकर्डिङ स्टुडियोकी सह-सञ्चालिका पनि हुन् ।

Leave A Reply

Your email address will not be published.