होलीको अवसरमा सिलगढीमा फुटबल पेनाल्टी सुटआउट प्रतियोगिता हुने

609

चैत ४, डोटी ।
रङ्गहरुको पर्व होलीको अवसरमा डोटीको सिलगढीस्थित टुँडिखेलमा फुटबल पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना हुने भएको छ ।
खेलकुदद्वारा हाम्रो एकता, लागु औषध विरुद्ध हामी सबैको प्रतिवद्धता भन्ने नाराका साथ शिलास्थान युवा क्लबले प्रतियोगिता आयोजनामा गर्न लागेको हो ।
पहाडको होली चैत ११ गतेका दिन सिलगढीको टुँडिखेलमा प्रतियोगिता सञ्चालन गरिने आयोजक शिलास्थान युवा क्लबका अध्यक्ष हिक्मत मलासीले जानकारी दिए ।
प्रतियोगिताका लागि चैत्र ८ गते विहिबार बेलुकी ५ बजेसम्म टिम दर्ता गर्न सूचना जारी गरिएको छ ।
प्रतियोगिताको प्रथम र द्वितीय पुरुस्कार राशी चैत ९ गते सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.