डोटीको सेती नदीमा एक पुरुष बेपत्ता

318

बैशाख १७, डोटी ।

डोटीको सेती नदीमा नुहाउने क्रममा सोमबार एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका ३ स्थित माया मेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी वर्ष ३८र४० का नर बहादुर तामाङ रहेका छन्।

जिल्लाकै शिखर नगरपालिकाको लुवाखडी नजिकै सेती नदीमा नुहाउने क्रममा सोमबार दिउँसो करिब २ बजेतिर डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

कैलालीको धनगढीबाट अछामतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १५३४ नं.को अल्टो कार लुवाखडी स्थित सडकमा रोकी सेती नदिको किनारमा नुहाउने क्रममा तामाङ डुबेर बेपत्ता भएका हुन् ।

उनको जिप्रका डोटीका प्रहरी नायब उपरिक्षक भीमलाल भट्टराई नेतृत्वको नेपाल प्रहरी टोली र स्थानबासीन्दा सहित खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.