‘उपनिर्वाचनको पुष्टी, एमाले र केपी ओली नेपाली राजनीतिका मूल मियो’ – पूर्व नगर प्रमूख ओझा

422

बैशाख १९, डोटी ।

डडेल्धुराको अमरगढी नगरपालिकाका निवर्तमान नगर प्रमूख एवं नेकपा एमालेका युवा नेता  विश्वेश्वरप्रसाद ओझा ‘विपिन’ले ईलाम र बझाङमा भएको उपनिर्वाचनले एमाले र केपीशर्मा ओली नै नेपालको राजनीतिमा मूल मियो भएको प्रमाणित गरेको बताएका छन् ।

नजर अनलाइनसँगको विशेष कुराकानीमा ओझाले यस्तो बताएका हुन् ।

उपनिर्वाचनको नतिजाले नेकपा एमालेका नेता कार्यकर्तालाई नेपाली जनता र देशको सेवामा अझै जिम्मेबार र संयमित भएर लाग्न पनि सन्देश दिएको बताएका छन।

एमाले विरुद्ध भएको देशी विदेशी घेराबन्दीले यस अघिको निर्वाचनमा अपेक्षाकृत नतिजा आउन नसके पनि एक्लाएक्लै चुनावी प्रतिस्पर्धा भए एमाले नै यो मुलुकको पहिलो जनाधार भएको पार्टी भएको उनले दावी गरे ।

देश र जनताको पक्षमा दुरदर्शी नेता एमालेका अध्यक्ष केपीशर्मा ओलीको वैचारिक चट्टानी अडान र पार्टी  संचालनको स्पष्ट रोडम्यापका कारण मात्रै यो परिणाम आएको ओझाले बताए ।

केपीशर्मा ओलीले संकल्प गरेको ‘सुखि नेपाली, समृद्ध नेपाल’ को सपना पुरा गर्न ओलीकै नेतृत्व आवश्यक रहेको प्रमाणित भैसकेको उनले बताए । एक्ला एक्लै निर्वाचन लड्दा कम्युनिष्ट विरोधी शक्ति, चट्केहरु र उग्र क्रान्तिकारीहरूलाई पनि हैसियतमा ल्याइदिएको उनको टिप्पणी छ।

आफुलाई कम्युनिष्ट भन्नेहरु कम्युष्टिको लोगो बेचेर काङ्ग्रेसको सेवामा लागेका र २०८४ सालसम्म खाली सटरका पसल जस्ता हुने उनको भनाइ छ । निर्वाचनमा हार व्यहोरेपछि कांग्रेसको नेतृत्व छट्पटाई रहेकोले बिगतमा पटक–पटक धोकाधडी गर्ने काङ्ग्रेससंग संबिधान कार्यान्वयनमा सहकार्य गरे पनि सत्ता सहकार्य गर्न नहुने नेता ओझाको तर्क छ।

Leave A Reply

Your email address will not be published.