यसपालिको तीजमा हेमन्ता भट्टराईले भनिन् -“किन्दिनु बाबाले झुम्काना”
साउन १९, डोटी ।
हिन्दु नारीहरूको महान चार्ड पर्व तीजको अवसरमा गायिका हेमन्ता भट्टराईले “किन्दिनु बाबाले झुम्काना” बोलको गीत सार्वजनिक गरेकी छन् ।
मौलिकता झल्किने उक्त तीज गीत साउन १७ गते बिहीबार विशेष फिल्म्स युट्युब च्यानलमार्फत् सार्वजनिक गरेकी हुन् ।
गीत चल्ने नाममा उत्ताउलो गीतहरू बजारमा आइरहेको बेला ती विकृतिलाई निरुत्साहित गर्दै सुदूरपश्चिमका ११ जना कलाकारहरुले गाएको मौलिक तीज गीत सार्वजनिक गरेका हुन्।
“बाबा आमाले किनिदिएको सामान लगाएर दिदीबहिनी, साथी संगीसित नाच्नु, गाउनु र खुसी हुनुको मजा नै बेग्लै हुने हुँदा त्यही प्रसंग जोडेर गीत ल्याएका छौं” आफ्नो फेसबुकमार्फत उनलेे भनेकी छन् ।
उक्त गीतमा हेमन्ता भट्टराई, गौरी भट्ट, रेखा जोशी, शोभा थापा, निरूता खत्री, दीपा रोकाया, पशुपति खनाल, भावना चन्द, कृष्णा सिराडी, ऋतु थापा र गौरी ओझाको स्वर छ। हेमन्ता भट्टराईको शब्द संगीत रहेको गीतमा विजय थापाले संगीत संयोजन गरेका छन्।
उक्त गीतको भिडिओमा प्रवीण थापाको निर्देशन रहेको छ। भिडिओमा सिम्रन दुलाल, अनिता साउँद लगायतको नृत्य देख्न सकिन्छ। चक्र बरालले छायांकन गरेको भिडिओलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्।
हेर्नुस् गीतको भिडियो :