राहात बोकेर सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट अछाम र बाजुरामा

190

भाद्र १९, धनगढी ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट शुक्रबार बिहानै अछाम र बाजुरा पुगेका छन् । प्रदेश मुकाम धनगढीबाट बाढी पहिरो पिडीतका लागि राहात बोकेर मुख्यमन्त्री भट्टको टोली त्यसतर्फ हिडेको हो ।
मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, प्रमुख सचिवसहितको टोली नेपालीसेनाको हेलिकप्टरमार्फत अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनी बजार र बाजुरा गौमुल लगायतका ठाउँका बाढी प्रभावित परिवारहरुका लागि राहत सामाग्री लिएर गएका हुन् ।
मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिव सिं ओलीका अनुसार मुख्यमन्त्री सहितको टोलीले बाढीले घर बगाएका परिवारहरुका लागि त्रिपाल र कम्बल जस्ता आवश्यक सामाग्रीका साथै मृतक परिवारलाई घोषणा गरेको एक लाख रुपैयाँ राहत पनि हस्तान्तरण गर्नेछ ।
भदौ २ गते राति अछामको कैलाश खोलामा आएको बाढीले किनारमा रहेको सैनीबजारका २२ घर सँगै १७ जना मानिस बगाएको थियो । जसमध्ये ८ जनाको शव फेला परेको छ भने ९ जना अझै बेपत्ता छन् ।
यसैगरी साउन अन्तिम साता र भदौ ३ गते बाजुराको गौमुल गाउँपालिका, त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका लगायतका ठाउँमा ठुलो क्षति पु¥याएको थियो ।

Leave A Reply

Your email address will not be published.