एमाले डोटी, अछाम र बझाङको जिल्ला अधिवेशन आगामी कार्तिकभित्र गर्न निर्देशन
श्रावण ३२, डोटी ।
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले जिल्ला अधिवेशन रोकिएका डोटी, अछाम र बझाङको जिल्ला अधिवेशन आगामी कार्तिकभित्र गर्न निर्देशन दिएको छ ।
यहि श्रावण ३० गते तीन वटै जिल्लालाई एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसीद्वारा हस्ताक्षरित ‘जानकारी गरिएको बारे’ विषयक संयुक्त पत्रमार्फत यस्तो निर्देशन गरेको हो ।
पत्र अनुसार एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सिफारिसमा पार्टी केन्द्रिय सचिवालयले अनुमोदन गरी जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानी) – १० बमोजिम अधिवेशन गर्न बाँकी सबै जिल्लाहरु संगठन कमिटीमा परिणत भएको र कार्तिक मसान्त्रभित्र जिल्ला अधिवेशन गर्न भनिएको छ ।
जिल्ला इन्चार्ज र प्रदेश कमिटीसँगको समन्वयमा बैठक आयोजना गर्न पनि पत्रमार्फत निर्देश गरिएको छ ।
पत्रमा बझाङको अध्यक्षमा कलक बहादुर खड्का, उपाध्यक्ष मोहन जोशी, सचिव आनन्दलाल बिक, उपसचिव सुरत बहादुर सिंह र १८ जना सचिवालय सदस्य सहित, मृत्यु भएका, पार्टी छोडेका, विदेश गएका र कारवाहीमा परेका बाहेक सबै जिल्ला संगठन कमिटी सदस्य रहने उल्लेख छ ।
त्यस्तै डोटीमा अध्यक्ष मञ्जु मलासी, उपाध्यक्ष शेर बहादुर मल्ल, सचिव लक्ष्मण मलासी, उपसचिव कृष्ण कुमार खड्का र तेज बहादुर डुम्रेल सहित बाँकी सबै सदस्य रहनेछन् भने अछाम जिल्ला कमिटीलाई यथावत राखिएको छ ।
नेकपा एमालेको विधानको २०४९ (दशौं संसोधन) को धारा ५२ मा संगठन कमिटीको व्यवस्था गरिएको छ । के छ व्यवस्था विस्तृतमा हेर्नुहोस्
