मोटरसाइकल ठोक्किएर ३ जना घाइते

498

भाद्र ५, डोटी ।
डोटीमा दुइ वटा मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाइते भएका छन् ।

डोटीको दिपायल सिलगढी ६ थाप्लामा सु.प.प्र. ०१-०१२ प. ३५३३ नं. को मोटरसाइकल र बा.प्र. २०१९ प. १३४१ नं. को मोटरसाइकल ठोक्किएर उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेमा बाजुरा बुढीगंगा न.पा. वडा नं. ०६ बस्ने वर्ष २० का सुवास बानिया, उनकी बहिनी वर्ष १७ की माया बानिया र दिपायल सिलगढी ६ बस्ने वर्ष १८ का विकास खत्री रहेका छन् ।
सुवास बानियाँ सु.प.प्र. ०१-०१२ प. ३५३३ नं. को मोटरसाइकल चालक हुन् । बाजुराबाट धनगढी जादै गरेका सुवाससङ्गै उनकी बहिनी माया पनि बाइकमा सवार थिइन् ।
त्यस्तै विकास खत्री बा.प्र. २०१९ प. १३४१ नं. को मोटरसाइकलका चालक हुन् ।
सुवास बानियाको छाती, घुडाँ र पेटमा चोट लागेको छ भने माया बानियाको पेट र खुट्टामा चोट लागेको छ । त्यस्तै विकास खत्रीको पेट, छाती र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । तीनै जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
दुवै चालकको अवस्था मध्यम र माया बानियाको अवस्था सामान्य रहेकोे बताइएको छ । दुवै मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेकोे प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.