डोटीमा चट्याङ लागेर एक युवतीको मृत्युु
भाद्र ९, डोटी ।
डोटीमा चट्याङ लागेर शनिबार राती एक युवतीको मृत्युु भएको छ ।
जोरायल गाउँपालिका ६ गुनड बस्ने अन्दाजी १९ वर्षीय दुर्गा साउँदको मृत्यु भएको हो ।
हिजो शनिबार राती करिब साढे सात बजेतिर उनको घरमा चट्याङ परेको स्थानीय युवा चित्र भट्टले जानकारी दिए ।
मृतक साउँद हिजो मात्रै धनगढीबाट घरमा आएकी थिइन् । आफ्ना दाइसङ्गै पहाडकि घर आएकी दुर्गा घरमा पुग्दासम्म पानी पनि धेरै परेको थियो । घर पुगेर भित्र जान नपाउँदै ढोकामै परेको चट्याङले ऊनी गम्भीर घाइते भएकी थिइन् । उनको बाँच्नसक्ने अवस्था नभए पनि घरपरिवारले ज्यान बचाउने आशामा शनिबार राती नै उपचारका लागि धनगढी लगेका थिए । अस्पताल पुर्याइए पनि डाक्टरले उनलाई मृत घोषणा गरेको बताइएको छ ।
अत्तरीया कैलाली बस्दै आएकी दुर्गा ल्याब टेक्निसियन पढ्दै थिइन् ।