डोटीमा कोदालो हानेर भाइले मारे दाइ

2,539

भाद्र २४, डोटी ।
डोटीमा कोदालो प्रहार गरि एक जनाले आफ्नै दाइको हत्या गरेका छन् । जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षिय नर बहादुर जोराले आफ्नै दाइ ६५ वर्षिय दाई गणेश बहादुर जोराको हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादका कारण झगडा हुँदा भाइले कोदालो हिर्काएर दाइको घटनास्थलमै मृत्यु भएको हो ।
घटना सोमबार दिउँसो ३ बजेको समयमा भएको बताइएको छ ।
कोदालो हिर्काउने नरबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.