डोटीमा ‘पद्म पब्लिक प्रिमियिर कप–२’ आउँदो माघ १६ देखि आयोजना गरिने

1,626

पुस २४, डोटी ।
डोटीमा ‘जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता २०८१’ आयोजना हुने भएको छ ।
जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयले आगामी माघ १६ गतेदेखि २० गतेसम्म आयोजना गर्ने प्रतियोगिताको नाम ‘पद्म पब्लिक प्रिमियिर कप–२’ नाम दिईएको बुधबार पत्रकार सम्मेलन आयोजना गरि सार्वजनिक गरेको छ ।
प्रतियोगितामा प्रथम पुरुस्कार राशी नगद रु.५५ हजार ५ सय ५५ र ट्रफी, द्वितिय पुरुस्कार रु. ३३ हजार ३ सय ३३ र ट्रफी तथा तृतिय पुरुस्कार रु. ११ हजार १ सय ११ सहित सबैलाई प्रमाण–पत्र रहेको जनाईएको छ ।
त्यसैगरी अन्य विभिन्न उत्कृष्ट खेलाडीलाई नगद पुरुस्कार र कपहरु तथा प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ पुरुस्कार पनि प्रदान गरिने बताईएको छ ।

May be an image of 14 people, crowd and text
प्रतियोगितामा जिल्लाभरका माध्यमिक विद्यालयले कक्षा १२ सम्मका EMIS (Education Management Information System) मा समावेश गरिएका विद्यार्थी खेलाडीहरु मात्रै सहभागि गराउन पाइने सो विद्यालयका सहायक प्रधानाध्यापक एवं खेल संयोजक हिक्मत शाहीले जानकारी दिए ।
टि–२० र्फम्याटमा नकआउट चरणमा आयोजना हुने प्रतियोगिता सिलगढीको टुँडिखेलमा सञ्चालन हुनेछ ।
आयोजक विद्यालयबाट क्रिकेट प्रतियोगितामा नमूना विद्यालय कार्यक्रम अन्तरगतको रु. ३ लाख, मूख्य प्रायोजक दिपायल सिलगढी नगरपालिका वडा नं. ६ बाट रु. १ लाख र प्रायोजक दिपायल सिलगढी नगरपालिका वडा नं. ९ बाट रु. ४० हजार खर्च गरिने विद्यालयका प्रधानाध्यापक केशवराज ओझाले जानकारी दिए । आगामी माघ १० गतेभित्र टिम दर्ता गर्न सकिने पनि प्रअ ओझाले बताए ।

May be an image of 9 people, temple and text
पछिल्लो समय विश्वकै ध्यान आकृष्ट गरेको क्रिकेट खेलमा डोटीका पनि सम्भावित खेलाडी पहिचान गर्न सघाउने उद्धेश्यले प.प.मा.वि.ले आयोजना गर्ने प्रतियोगितामा वडाबाट पनि सहयोग गरिने पूर्व खेलाडी समेत रहेका दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासीले बताए । हालै सम्पन्न एनपिएलमा डोटीका खेलाडीहरुले प्रतिनिधित्व गरेको विषयलाई स्मरण गर्दै थप सम्भावनाका खेलाडीहरु पहिचान गर्न र उनिहरुका लागि यो प्रतियोगिताले ठूलो सहयोग पुग्ने मलासीले बताए । यसमा जिल्लाभरीका सबै स्थानीय तह र वडाहरुले विशेष सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
गत वर्ष प.प.मा.वि.ले दिपायल सिलगढी नगरपालिका स्तरीय ‘पद्म पब्लिक प्रिमियिर कप’को आयोजना गरेको थियो ।

जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता डोटी जिल्लाकै इतिहासमा सम्भवतः पहिलो चोटी आयोजना हुन लागेको हो ।
उक्त विद्यालय देशभरका ४२२ नमूना विद्यालयभित्रको विद्यालय हो । यद्यपी ‘नमूना विद्यालय कार्यक्रम’ हाललाई फेज आउट भए पनि ‘विज्ञान सबलीकरण’ कार्यक्रम अन्तरगत देशभरका ११७ विद्यालयभित्र फेरी प.प. मा.वि. छनौटमा परेको र उक्त कार्यक्रम २०८१ देखि २०८५ सम्म लागु हुने जनाइएको छ ।May be an image of 13 people and text

Leave A Reply

Your email address will not be published.