वडा अध्यक्ष बोगटीले गरे घरमै गएर अपाङ्गता परिचयपत्र वितरण

462

माघ १, डोटी ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका ६ का वडा अध्यक्ष श्याम बोगटीले घरमै गएर अपाङ्गता परिचयपत्र वितरण गरेका छन् ।
अध्यक्ष बोगटीले ४५ वर्षीया गणेश बहादुर चन्द र ४ वर्षीया विक्रम बोगटीलाई सोमबार घरमै पुगेर परिचयपत्र प्रदान गराइएको जानकारी दिए ।
पूर्ण अशक्त रहेका दुवै जनालाई गाउँपालिकासम्म जानसक्ने अवस्था नभएकाले गाउँपालिसँगको सहजीकरणमा घरमै अपाङ्गता परिचयपत्र उपलब्ध गराइएको बोगटीले बताए ।
केही दिन अघि गाउँपालिकाका डाक्टर संजित यादव र महिला तथा बालबालिका शाखा प्रमुख कल्पना केसीको टोलीले अशक्तहरूको शारीरिक अवस्थाको चेकजाँच गरेपछि `क´ वर्गको परिचयपत्र दिइएको उनलेे बताए ।
वडा अध्यक्ष बोगटीले परिचयपत्र वितरण गर्न सहयोग गर्ने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, डाक्टर, महिला तथा बालबालिका शाखा प्रमुख लगायत सबैलाई धन्यवाद पनि दिएका छन् ।

Leave A Reply

Your email address will not be published.