दर्ता भएका व्यापार व्यवसायीलाई डस्टविन वितरण

469

माघ १०, डोटी ।
डोटीको जोरायल गाउँपालिका वडा नं. ४ ले वडामा दर्ता भएका व्यापार व्यवसायीहरू लाई फोहरमैला व्यवस्थापनका लागि विहीबार डस्टबिन वितरण गरेको छ ।
वडामा दर्ता भएका पसल तथा होटलहरु र स्वास्थ्य चौकी गरि ५० वटा डस्टविन वितरण गरिएको जोरायल गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष नन्दराज भट्टले नजर अनलाइनलाई जानकारी दिए । उनलेे भने-“हाम्रो वडामा व्यवसाय दर्ता गर्नेको संख्या ८७ छ, तर हामीले पसल तथा होटलहरु र स्वास्थ्य चौकी गरि ५० वटा डस्टविन वितरण गरेका छौं । फर्महरुलाई वितरण गरेनौं ।”
आधिकारिक रूपमा व्यवसाय दर्ता गरेर मात्रै संचालन गर्न प्रेरित गर्ने र फोहोरमैला व्यवस्थापन गर्ने उद्देश्यले डस्टबिन वितरण गरिएको भट्टले बताए ।
डस्टबिन वितरणसङ्गै नियमित अनुगमन पनि गरिने र वडा नं.-४ मा दर्ता नभइ संचालन भैरहेका करिब १०/१५ वटा पसलहरु रहेकोेले तत्काल दर्ता प्रक्रियामा ल्याइने वडा अध्यक्ष भट्टले बताए ।
वडाको प्रयास सकारात्मक भएको स्थानीय व्यवसायीहरूले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.