केशव जोशीको नेतृत्वमा सर्वसम्मत कमिटि, प्रेस सेन्टर सुदूरपश्चिमको तेस्रो अधिवेशन सम्पन्न

374

फाल्गुन १३, डोटी ।
प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्षमा केशवराज जोशी सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै समितिको खुल्ला उपाध्यक्षमा कर्ण चन्द, समावेशी उपाध्यक्षमा मुकेश टेर्रा चौधरी, महिला उपाध्यक्षमा जानकी धामी चयन भएका छन् भने महासचिवमा तेजराज भट्ट चयन भएका छन् ।
यस्तै खुल्ला सचिवमा सुवास कठायत, ललित बोहरा र होम साउँद, सचिव समावेशीतर्फ पहिलाद राना र सचिव दलिततर्फ पदम सुनार चयन भएका छन् भने कोषाध्यषमा दिपकराज अवस्थी चयन भएका छन् ।
जम्मा १८ सदस्यीय कमिटिको सदस्यहरुमा पुस्करदत्त भट्ट, महेन्द्र बम, इन्द्र साउँद, पदम बोहरा, पदम साउँद, बिमल धामी, होम योगी रहेको नव निर्वाचित कमिटिका उपाध्यक्ष कर्ण चन्दले नजर अनलाईनलाई जानकारी दिएका छन् ।
डडेल्धुराको आलिताल गाउँपालिकामा हिजो सोमबारदेखि शुरु भएको प्रेस सेन्टरको तेस्रो प्रदेश अधिवेशन मंगलबार सम्पन्न भएको हो ।

 

 

Leave A Reply

Your email address will not be published.