कैलालीको अत्तरियाबाट लागूऔषध सहित दुई युवती र एक युवक पक्राउ

380

फाल्गुन २४, डोटी ।
कैलालीको गोदावरीबाट लागूऔषध सहित दुई युवती र एक युवक पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ अत्तरीयामा पहाड रोडमा डेरा गरी बस्ने २५ वर्षकी ट्युङ्कल शाहको कोठाबाट ट्युङ्कल शाह, दार्चुलाको शैल्यशिखर नगरपालिका–२ बस्ने २० वर्षीय सागर ठगुन्ना र बझाङ्गको जयपृथ्बी नगरपालिका–७ बस्ने ३५ वर्षकी अनु मल्ल लागूऔषध सहित पक्राउ परेका हुन् ।
तिनै जनालाई १ ग्राम ४६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । – सुदूरखबरबाट

Leave A Reply

Your email address will not be published.