डोटीमा सेती नदीमा बगेर एक बालक वेपत्ता
बैशाख ३०, डोटी ।
डोटीमा सेती नदीमा बगेर एक बालक वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार
मंगलबार दिउँसो करिब १ बजेर ४० मिनेटको समयमा दिपायल सिलगढी नगरपालिका वडा नं. १ श्रीखोलीशैन बस्ने रमेश बि.क.को १० वर्षको छोरा अमित बि.क. बगेर वेपत्ता भएका हुन् ।
सोही ठाउँमा स्थित झोलुङ्गे पुल नजिक सेती नदिमा नुहाउने क्रममा बगेर बेपत्ता भएको जनाइएको छ ।
घटना बारे थाहा पाउने बित्तिकै प्रहरी नायब निरिक्षक कृष्ण सिंह ऐरीको कमाण्डमा ७ जनाको टोली खटिएर वेपत्ता बालकको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।
असावधानीका कारण वर्षेनि सेती नदिमा मानिसहरू बगेर ज्यान जाने घटना दोहोरीने गरेको देखिन्छ ।