कृषि ज्ञान केन्द्र डोटीका ‘वर्ष दिनका ३४ उपलब्धि’ सार्वजनिक, सबैले गरे तारिफ

853

असार ३०, डोटी ।
कृषि ज्ञान केन्द्र डोटीले चालु आर्थिक वर्ष २०८१/८२ मा भए गरेका काम सहित ३४ वटा उपलब्धिहरु सार्वजनिक गरेको छ ।
आइतबार सिलगढीमा आयोजित सञ्चारकर्मीहरुसँग कृषि प्रविधि सम्बन्धी अन्तरक्रिया तथा वार्षिक समिक्षा कार्यक्रममार्फत ३४ वटा उपलब्धिहरु सार्वजनिक गरेको हो । तथापी १० वटा कामहरु सम्पन्न गर्न नसकिएको पनि ज्ञान केन्द्रले जनाएको छ ।
ज्ञान केन्द्र प्रमूख, बरिष्ठ कृषि प्रसार अधिकृत गंगादत्त अवस्थीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन अनुसार प्रदेश सरकारबाट प्राप्त कार्यक्रमतर्फ ७७.२३ प्रतिशत र संघ सरकारबाट प्राप्त कार्यक्रमतर्फ ९७.४५ प्रतिशत वित्तिय प्रगति हासिल भएको छ ।
कृषि ज्ञान केन्द्र डोटीको सबैले तारिफ गरेका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोटीका प्रमूख लक्ष्मण बहादुर सिंहले ज्ञान केन्द्रले कृषि क्षेत्रमा गरेका कामहरुको प्रशंसा गर्दै धन्यवाद दिए । यसका साथै सिंहले नेपालीको भविष्यको एउटा मात्रै विकल्प कृषि नै रहेकोमा बताए । कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकार अँझै बढी जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए । कृषिलाई बढावा दिन हरेक सञ्चारमाध्यमले समाचारको शुरुमै देखिने गरी कृषि सम्बन्धी सन्देश प्रकाशन गरिदिन पनि सबै सञ्चारकर्मीहरु सँग जिसस प्रमूख सिंहले आग्रह गरेका छन् ।
यसै गरी डोटीका प्रमूख जिल्ला अधिकारी मोहनराज जोशीले जिल्लाका सबै सरकारी कार्यालयभन्दा बढी अन्तरक्रिया गर्ने कार्यालयका रुपमा कृषि ज्ञान केन्द्र रहेको भन्दै मुक्तकण्ठले प्रशंसा गरेका छन् । हरेक राम्रा कामहरुको सञ्चारमाध्यमबाट प्रचारप्रसार हुन सकेमा जिल्लाका लागि अँझै फाइदा हुने प्रजिअ जोशीले बताए । यसका साथै काम गर्ने क्रममा देखिएका समस्याहरुलाई सिकाईका रुपमा लिन र आगामी योजनामा रहेका प्रस्तावित कार्यक्रमहरु पनि कृषकहरु प्रत्यक्ष लाभान्वित हुने र परिणाम देखिने गरी काम गर्न शुभेच्छा प्रकट गरे ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले पनि कृषि ज्ञान केन्द्रबाट कृषि क्षेत्रमा भैरहेका कामको प्रशंसा गरेका थिए ।
के–के र कहाँ–कहाँ भएका हुन् ३४ उपलब्धी हेर्नुहोस् – May be an image of text

May be an image of text

May be an image of text

May be an image of textMay be an image of text

यि हुन् सम्पन्न गर्न नसकेका १० कामहरु :

May be an image of text

यस्ता छन् आगामी योजना :

May be an image of text that says 'कृषि ज्ञान केन्द्र डोटीको अगामि योजना एक पालिकामा कम्तमा 9 नमुना बगैचा एक पालिका एक व्यवसायक उत्पादन क्षेत्र- रुपसकाडा जमिनको क्षेत्रफल बढाउन चनौती छ- जंगलि जनावर, वसाई सराइ, सिचाई- भएकै जमिनमा बालि सघनता वढाउने- चैते धान/ कोदो/ /वसन्ते मके/ चिनो/ हरियो साग हाडे ओखर/मयलमा टप वर्किड पालिकास्तरमा दुसुवानि अनुदान, बजारिकरण र मूल्य शृझ्दला, कोशेलि घर रोग किरा व्यवस्थापन- resistant पुरानो संरचनालाई संचालन गर्ने नविनतम प्रविधि प्रदर्शन- फोहोरा सिचाई, थोपा सिचाइ. मल्चिड, विड म्याट, बगैंचा सुदुढीकरण, कृषि स्वयमसेवक- वडिकेदार वाट सुरुवात गर्ने हिउदे फलफूलको नर्सरिमा जोड दिने बाझो जमिन सदुपयोगमा सहकार्य .पालिका विशेष कार्यक्रमको प्रभावकारी कार्यानवयन abhav'

यस्ता छन् कृषि ज्ञान केन्द्रले महशुस गरेका चुनौतिहरु :May be a graphic of text

Leave A Reply

Your email address will not be published.