सुदूरपश्चिमका अस्पतालमा १०२ जना कोरोना संक्रमितको उपचार हुँदै

178

भाद्र २२, कैलाली ।
सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालहरुमा १ सय २ कोरोना संक्रमितको उपचार भइरहेको छ ।
कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा ३६, टिकापुर ३१, महाकाली २०, अछाम १०, डोटी २, डडेल्धुरा २ र दार्चुला अस्पतालमा १ जनाको उपचार भइरहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
१ हजार १८३ जना भने सामान्य उपचारपछि घरफर्कि सके भने शंकास्पद १४ जना आईसोलेसनमा छन ।
प्रदेशका ९ वटै जिल्लामा १ सय आईसोलेसन सेन्टरमा ३ हजार ९ सय १८ बेडहरु छन । सो बेडमा २ सय ६८ पुरुष र १ सय ८१ महिला र होम आईसोलेसनमा १ सय ५७ जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।
हालसम्म ५ हजार १ सय ११ जना संक्रमित निको भएर घर गएका छन् । शुक्रबार बिभिन्न अस्पतालबाट ६९ जना कोरोना जितेर घर गएको उनले बताए । यसअघि नै ११ जना संक्रमितको मृत्यु भइसकेको छ ।
अझै प्रदेशमा ८ सय ५४ जना सकृय संक्रमित रहेका छन । अछाम ७४, बैतडी ५६, बझाङ्ग १०८, बाजुरा ८, डडेल्धुरा २०, दार्चुला ९, डोटी ८९, कैलाली ४३८ कंचनपुर ५२ जना सक्रिय संक्रमित रहेको उनले बताए ।
६५ हजार ६९८ नमुना जाच मध्य ५ हजार ९७६ मा संक्रमण पुस्टी भईसकेको छ भने ५९ हजार ७२२ नमुना नेगेटिभ आएको छ । ८ सय ५४ नमुनाको रिजल्ट आउन बाँकी छ ।
बितेको २४ घण्टामा बिभिन्न अस्पतालको कोरोना प्रयोग शालाबाट गरिएको नमुना परिक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाई छ । – रातोपाटीबाट

Leave A Reply

Your email address will not be published.