डोटीको जोरायलमा इभी दुर्घटना : एकको मृत्युु, अठार घाइते, आठ जनाको अवस्था गम्भीर

1,052

असोज २५, डोटी ।
डोटीको जोरायलमा इभि हाइस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अठार जना घाइते भएका छन् ।
शनिबार बिहान ५:३५ बजेको समयमा भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका – १ गोल्डेनमा अछामबाट धनगडीतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३९५६ नम्बरको इभि हाइस दुर्घटना भएको हो ।
दुर्घटनामा अछामको मङ्गलसेन नगरपालिका – ९ बस्ने बर्ष २२ कि हरिया परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
दुर्घटनामा परि घाइते हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका – १२, बि गाँउ बस्ने गाडी चालक अन्दाजी ३८ वर्षका देब बहादुर थापा, अछामको मङ्गलसेन नगरपालिका – ९ बस्ने वर्ष १८ को लोकेन्द्र रावल, सोही ठाउँका वर्ष ४२ को मेघ्या ढोली, बर्ष १६ को एकेन्द्र बि.क., अन्दाजी वर्ष ३५ की मोतिकला परियार, बर्ष ११ को बिराज परियार, वर्ष ५३ को भिम ब. ढोली रहेका छन् ।
त्यस्तै सोही ठाउँ बस्ने वर्ष ११ की सृष्टी परियार, वर्ष ५ की आहाना परियार, वर्ष ५ की एलिसा परियार, वर्ष ५० कि पदमा परियार, वर्ष ५ की रिया परियार, वर्ष १९ को बिनोद परियार रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै घाइते हुनेहरूमै अछामको मङ्गलसेन नगरपालिका – २ बस्ने वर्ष २३ को रबि परियार, वर्ष ३७ को नृप ढोली, वर्ष ३८ को देवराज भाट, वर्ष ३० की मनसरी परियार र अछामकै बान्निगढी नगरपालिका – १ जयगढ बस्ने बर्ष ५० कि इन्द्रसरा परियार रहेका छन् ।
घाइतेमध्ये लोकेन्द्र रावल, एकेन्द्र बि.क., मोतिकला परियार, बिराज परियार, भिम बहादुर ढोली, शृष्टी परियार, बिनोद परियार र मनसरी परियारको अवस्था गम्भीर रहेको जनाइएको छ ।
प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको कमाण्डमा १४ जनाको टोलीले उद्दार गरी घाईतेहरुलाई उपचारको लागी पदमा अस्पताल अत्तरिया, कैलाली पठाएको जनाइएको छ ।
गाडी अनियन्त्रीत भई सडकबाट अन्दाजी १०० मिटर तल खसेको बताइएको छ ।

(अपडेट : उक्त दुर्घटनामा परि अछामको मङ्गलसेन नगरपालिका  – ९ बस्ने बर्ष ४३ को चक्र परियार, बर्ष ४ की सुप्रिया परियार र वर्ष २१ की गौरी परियार सामान्य घाईते भई उपचारको लागी पदमा अस्पताल अत्तरिया कैलाली पठाइएको छ । समाचार प्रकाशित भैसकेपछी ढिलो गरि थप विवरण प्राप्त भएको हो ।)

 

Leave A Reply

Your email address will not be published.