स्थानीय युवाद्वारा पुर्वीचौकीमा तालाबन्दी, कर्मचारीद्वारा सरकारी कामकाज स्थगित

434

असोज २९, डोटी ।
डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय युवाहरुले तालाबन्दी गरेका छन् ।
पूर्वीचौकी गाउँपालिका युवा समाजले विभिन्न ४७ बुँदे माग राख्दै हिजो मंगलबार गाउँपालिकामा सुझाव पेश गरेको तर आजसम्म कुनै निष्कर्ष नआएपछि बुधबार दिउँसो २ः४० बजेतिर तालाबन्दी गरिएको बुझिएको छ ।
युवाहरुले बाहिरबाट तालाबन्दी गरेपछि गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, उपाध्यक्ष पशुपती खड्का लगाएत विभिन्न ५ जना वडा अध्यक्षहरु, एक जना कर्मचारी र दुइ जना सेवाग्राहीहरु भित्रै थुनिएको गाउँपालिकाका अध्यक्ष उपाध्यायले नजर अनलाईनलाई जानकारी दिए ।
“पुर्विचौकी गाउँपालिकाको समिक्षा तथा सुझाव बैठकमा प्रस्तुत प्रतिवेदन” भनेर तयार पारिएका ४७ बुँदे मागहरुमा कुनै पनि युवाहरुको हस्ताक्षर नरहेको र कुनै औपचारिक लेटरप्याड पनि नरहेको गाउँपालिकाका अध्यक्ष उपाध्यायले बताए ।
युवाहरुसँग हिजोदेखि आजसम्म पनि छलफल भएको तर समाधान नआएको बताईएको छ ।
यता युवाहरुका मागबारे निकै लामो छलफल भए पनि कुनै समाधान नआएपछि कामकाज गर्न असहज भएको भन्दै गाउँपालिकाका कर्मचारीहरुले पालिका र सम्पूर्ण वडाहरुमा समेत दैनिक सरकारी कामकाज अर्को सूचना नआउँदासम्मका लागि स्थगन गरेको प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।  वातावरण असहज भएपछि आफुहरुले कामकाज स्थगन गर्नुपरेको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत देवीप्रसाद जोशीले बताए ।

May be an illustration of blueprint and text
गाउँपालिकाको लागि विनियोजित रु.१२ करोड र हस्पिटलका लागि विनियोजित रु.१० करोड ९५ लाखको विस्तृत विवरण पेश गर्नुपर्ने, सो रकमको भेरिएशन के कसरी भएको हो प्रमाण सहित पेश गर्नुपर्ने, जलवायु अनुकूलनको रु.१ करोड २० लाख कहाँ र कसरी प्रयोग भयो, त्यसको प्रमाण पेश गर्नुपर्ने, सिँचाई योजना अनावश्यक ठाउँमा निर्माण गरिएको र प्रयोग विहिन रहेको अवस्थामा त्यसको कारण दिनुपर्ने, पानी नहुँदाको अवस्थामा पनि खानेपानी योजना सम्पन्न गरी बिल भुक्तानी गरिएको र धारामा पानी नआएको हुँदा त्यसको कारण दिनुपर्ने, पालिकाको हालै भएको फर्निचर खरिदमा भ्रष्टाचारको आशंका रहेकाले खरिद मापदण्ड, मूल्यांकन र बिल विवरण दिनुपर्ने, २०७९ सालमा पुर्वीचौकी केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा नेपाल सरकारबाट आएको रकम, प्रयोगको अवस्था, वास्तविक पीडितले पाए नपाएको लगाएत स्पष्ट प्रमाण दिनुपर्ने युवाहरुका माग छन् ।

युवाहरुका सुझाव तथा मागहरुमा गाउँपालिकाको सुशासनलाई जोड दिईएको छ । तर ४७ बुँदे माग राख्ने युवाहरुमा औपचारिक रुपमा कसले नेतृत्व गरेका छन् र को को हुन् भन्ने खुलेको छैन ।
गाउँपालिकामा तालाबन्दी भएको विषय आफुलाई जानकारीमा आएपछि समाधानका लागि गाउँपालिकासँग समन्वय भैरहेको डोटीका प्रमूख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
तालाबन्दी भएपछि गाउँपालिकामा स्थानीय सानागाउँ प्रहरी चौकीका प्रहरी सहित जिल्ला प्रहरी कार्यालय डोटीबाट समेत प्रहरी टोली सुरक्षामा खटाईएको बुझिएको छ ।
उता सोही गाउँपालिकाको वडा नं. ६ मा पनि युवाहरुले तालाबन्दी गरेको बुझिएको छ ।May be an image of ticket stub and text

यस्ता छन् युवाका ४७ बुँदे माग तथा सुझावहरु :

May be an image of ticket stub and text

May be an image of textMay be an image of textMay be an image of ticket stub and textMay be an image of ticket stub and text

 

 

 

 

Leave A Reply

Your email address will not be published.