‘सकारात्मकभन्दा नकारात्मक प्रचार गर्ने प्रवृत्ति मौलायो’–नगर प्रमूख खड्का

839

पुस ४, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमूख बाजी सिं खड्काले अहिलेको समयमा सकात्मक भन्दा नकारात्मक कुराको प्रचार गर्ने प्रवृत्ति मौलाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालको ३२ औं साधारण सभा तथा वार्षिक सामाजिक परीक्षण कार्यक्रममा प्रमूख अतिथिका रुपमा बोल्दै उनले यस्तो बताएका हुन् ।
देशमा विभिन्न राजनीतिक परिवर्तनसँगै भएका विकासको प्रत्यक्ष लाभ लिनेहरु नै ‘केहि विकास नै भएन’ भन्दै नकारात्मक टिप्पणी गर्ने गरेको उनले बताए । खड्काले भने–‘त्यहि बनाइएको बाटोमा हिडिरहेको हुन्छ तर विकास भएन भन्छन् । त्यहि बनाईएको भवनबाट सेवा लिन्छन्, तर विकास भएन भन्छन् । भएका काम पनि भएन भन्ने मानसिकता नकारात्मक मात्रै देखिन्छ ।’
समाजमा गैह्र सरकारी संस्थाहरुले गरेका कामहरुप्रति आफु विश्वस्त रहेको र राम्रा कामहरुको प्रचारमा जोड दिनुका साथै पारदर्शितामा ध्यान दिनुपर्ने उनले सुझाव दिएका छन् । भएका कामको उचित प्रचार गर्न नसक्नु पनि कमजोरी हुनेमा उनले सचेत गराए ।
डोटीमा समाज रुपान्तरणका लागि सिडिएफले खेलेको भूमिका पनि प्रशंसनीय रहेको उनले बताए ।May be an image of one or more people, violin and text that says 'सामुदायिक विकास मज्य (CDF) नेपाल ३ેશ औ बार्षिक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम मिति २०८१/0/0 0e/O मते स्थान जिल्ला समन्चया समितिको समाहल सिलनटी डोटी ARSTETAL आबोडक COENEPAL सिलाभभवय समन्चय डोਟी সাषषক RORYAL'
त्यस्तै विशिष्ट अतिथि जिल्ला समन्वय समिति डोटीका उपप्रमूख स्मृति चुनाराले सिडिएफलाई आफु जिसस उपप्रमूख नहुँदै देखि चिनेको सँस्था भएको बताईन् । उनले भनिन्–‘मेरो वडा पूर्विचौकी ७ मा सिडिएफले सहकारी तथा महिलाका लागि आयआर्जनमा राम्रो काम गरेको सँस्थामा मैले पहिल्यैदेखि यो सँस्थालाई नजिकबाट चिनेको छुँ ।’
कार्यक्रममा बोल्दै डोटीका निमित्त प्रमूख जिल्ला अधिकारी तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भोज बहादुर ऐडीले सँस्था स्थापनाको सफल ३१ वर्ष पूरा गरी ३२ औं वर्ष प्रवेश गर्नुमा जनतामाझ काम गरेकै कारण भएको बताए । यसका साथै सँस्थाले आगामी दिनमा कार्य क्षेत्र विस्तारमा जोड दिनुपर्ने बताए ।
त्यस्तै सँस्थाका आजिवन सदस्य तथा सायल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर डुम्रेलले एचआइभी तथा जिविकोपार्जनका क्षेत्रमा आफ्नो पहिचान बनाएर काम गरेको सिडिएफले राज्यले गर्नुपर्ने थुप्रै काम गरी समाजमा योगदान गरेको बताए ।
दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का अध्यक्ष नरेश मलासीले समुदायमा काम गर्दा सम्बन्धीत स्थानीय तह र सम्बन्धित शाखासँग समन्वय गरी काम गर्न सुझाव दिए ।
त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश बमले सामाजिक परीक्षण कार्यक्रम सदरमुकाम केन्द्रित गर्नुभन्दा समुदायमै गर्न सकेमा र फरक फरक ठाउँमा गर्न सके झनै राम्रो हुने बताए । यसका साथै अघिल्लो सामाजिक परीक्षणमा आएका सुझावहरु कार्यान्वयनको अवस्थाबारे पनि जानकारी गराउँदा प्रभावकारी हुने उनले बताए ।

May be an image of ‎one or more people, people studying and ‎text that says '‎सामुदायिक विकास मज्च (CDF) नेपाल ३ેશ औ बार्षिक साधारण सभा तथा सामाजिक परिक्षण कार्यत्रम मिति e/08 जते सथान जिल्ला समनण्य सजितिको समाहल सिलमटी डोटी RAStETS आयोजक GOENEPAL و हिलाानवयसा् तमन्वय साমক डोਟी‎'‎‎
सिडिएफले शिखर नगरपालिकामा गरेको संयुक्त अनुगमनमा आफु पनि सहभागि भएको र फिल्डमा जाँदा पोलिहाउसभित्र गरिएको टमाटर खेती तथा बाख्रापालनमा गरेको सहयोग प्रभावकारी देखिएको गैरसरकारी सँस्था महासंघ डोटीका कोषाध्यक्ष लक्ष्मी देउवा बमले बताईन् । त्यहाँका जनप्रतिनिधी, कर्मचारी, सेवाग्राही सबै सन्तुष्ट रहेको आफुले पाएको उनले बताइन् ।
सामाजिक परीक्षण कार्यक्रममा सँस्थाले निर्माण गरेका नीति, नियमावली, निर्देशिका लगाएको अवस्था, सँस्थाबाट भएका कामको उपलब्धी लगाएतको प्रस्तुतीकरण गर्न सके अँझै राम्रो हुने समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीका अध्यक्ष यज्ञराज जोशीले शुभेच्छा व्यक्त गरे ।

May be an image of one or more people and people studying
कार्यक्रमका सहभागिहरुले कार्यविधी अनुसार निर्धारित समयमा सामाजिक परीक्षण गर्नुपर्ने, अघिल्लो सामाजिक परीक्षणका सुझाव कार्यान्वयनको अवस्थाबारे जानकारी दिनुपर्ने, मिडिया मोबिलाईजेशनमा जोड दिनुपर्ने, कार्य क्षेत्र विस्तार गर्नुपर्ने, सेवाग्राहीको सहभागिता र सक्रियतामा जोड दिनुपर्ने, समुदायमै गएर सामाजिक परीक्षण गर्नुपर्ने लगाएत सुझावहरु दिएका थिए ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजिक उक्त सामाजिक परीक्षण कार्यक्रममा सिडिएफका कार्यक्रम संयोजक गिरीराज पाठकले समष्टिगत प्रतिवेदन प्रस्तुतीकरण गरेका थिए ।
सिडिएफका अध्यक्ष खडकराज शर्माले रुढीवादी परम्परा तथा अन्धविश्वास, विकृति विसङ्गती विरुद्ध काम गर्ने उद्धेश्यले वि.सं. २०५१ मा सिडिएफको स्थापना गरिएकोमा हालसम्म विभिन्न ५१ वटा परियोजना सञ्चालन गरेको जानकारी दिए । जसमध्ये ४६ वटा परियोजना सम्पन्न भैसकेका र अहिले पनि ५ वटा परियोजना सञ्चालनमा रहेको उनले बताए । साथै सामाजिक परीक्षण कार्यक्रमबाट प्राप्त सुझावहरुलाई आत्मसाथ गर्दै आगामी कार्यक्रम अगाडी बढाउने उनले प्रतिवद्धता व्यक्त गरे ।May be an image of ‎one or more people and ‎text that says '‎सामुदायिक विकास मऊ्च (CDF) नेपाल ३হ औ बार्षिक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम मिति 2002 20C2/0E/08 गते पते स्थान जिल्ला समग्च्य समितिको समाहल शिलगदी डोटी LLTEN -قـ मावाडक COENEPAL हिलामववत्ाश्ष सम डोटी‎'‎‎
उक्त कार्यक्रमको सहजिकरण पत्रकार तथा अधिवक्ता नवराज जोशीले गरेका थिए भने सञ्चालन सिडिएफका सचिव सिद्धराज जोशीले गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधी, सरकारी कर्मचारी, सामाजिक संघसँस्थाका प्रतिनिधी, पत्रकार तथा सेवाग्राहीहरु सहभागी रहेका थिए ।

Leave A Reply

Your email address will not be published.