निषेधाज्ञामा मदिरा ओसार्दै गरेको जीप प्रहरी नियन्त्रणमा

333

भाद्र २४, डोटी ।

डोटीमा निषेधाज्ञा जारी गरिएको अवस्थामा मदिरा ओसार्दै गरेको जीप बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।
दिपायलबाट शिखर नगरपालिकातर्फ गईरहेको से १ च १९२४ नम्बरको जीपमा इलाका प्रहरी कार्यालय दिपायलको टोलीले डोटीको कुलपातेबाट नियन्त्रणमा लिएको हो ।
जीपमा ३५ पेटी लिचि नामक मदिरा रहेको र मदिरा सहित जीप इप्रका दिपायलमा राखिएको इप्रका दिपायलका इञ्चार्ज सई रमेश शाहीले जानकारी दिए ।
मदिरा दिपायल पिपल्लामा रहेको देउवा ट्रेडर्सको रहेको जनाईएको छ ।
कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचार सहज व्यवस्थापनका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको र अत्यावश्यकीय बाहेकका सामाग्री ओसारपसार गर्न रोक लगाईएको अवधीमा मदिरा ओसारेका कारण नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
चालक नरेश साउँदले शिखर नगरपालिकाको अण्यौलसम्म मदिरा लैजान लागेको बताएको तर मदिराका मालिक ध्वज देउवाले डडेल्धुरामा पनि आफ्नो व्यापार रहेकाले त्यहिं लैजान लागेको बताएको प्रहरी श्रोतले जनाएको छ ।
यस विषयमा विस्तृत रुपमा आवश्यक कागजात हेरेर कानुन बमोजिम कार्वाही गरिने प्रहरीको भनाई छ ।

Leave A Reply

Your email address will not be published.