प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसमा जिल्ला अस्पताल डोटीका बिरामीलाई फलफूल वितरण

566

माघ २२, डोटी ।
प्रगतिशील नेपाली पत्रकारहरुको पेशागत संगठन प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल डोटीका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ ।
प्रेस चौतारी डोटी शाखाको आयोजनामा अस्पतालमा रहेका १५ जना बिरामीहरुलाई स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरिएको प्रेस चौतारी नेपाल डोटीका उपाध्यक्ष तेजु ओलीले जानकारी दिए ।
फलफूल वितरण कार्यक्रमपश्चात संक्षिप्त प्रतिक्रिया दिंदै प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रिय सदस्य झलक पालीले २०५५ साल मंसिर ७ गते आधिकारिक रुपमा दर्ता भएको र २०५५ माघ २२ गतेबाट औपचारिक ढङ्गले संगठनलाई अगाडी बढाईएको इतिहास स्मरण गर्दै प्रेस चौतारीमा आवद्ध र आम नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील सबैलाई शुभकामना व्यक्त गरे ।

May be an image of one or more people, hospital and text
तत्कालिन नेकपा एमालेका प्रचार विभाग प्रमूख एवं पूर्व सञ्चारमन्त्री प्रदिप नेपालको योजनामा अग्रज पत्रकारहरु अग्नी शिखा, गोपाल थपलिया लगाएत दर्जनौं पत्रकारहरुकोको अगुवाईमा विजय चालिसेको नेतृत्वमा जन्म लिएको चौतारी आज देशका ७७ वटै जिल्लामा विस्तार रहेको पालीले बताए ।
त्यस्तै दिवसका अवसरमा शुभकामना दिंदै जिल्ला समन्वय समिति डोटीका उपप्रमूख स्मृति चुनारा बिकले देश अहिले विषम परिस्थितीमा गुज्रिरहेको र निर्वाचनको पनि समय भएकाले निर्वाचन सफल बनाउन, निष्पक्ष र स्वतन्त्र पत्रकारिताका लागि भूमिका निर्वाह गर्नुपर्ने बताईन् ।

May be an image of one or more people, people smiling, dais and hospital
त्यस्तै दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासीले बिरामीको स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरी दिवस मनाएकोमा धन्यवाद दिंदै डोटीको विकास र डोटेली जनताको पक्षमा आवाज बुलन्द पारिदिन आग्रह गरे ।
त्यस्तै जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट सन्तोष कुमार गुप्ताले दिवसको अवसरमा शुभकामना दिंदै जिल्ला अस्पतालको विकासका लागि र केहि कमिकमजोरी भए सवाल उठान गरिदिन पनि आग्रह गरे ।

May be an image of one or more people, people studying and hospital
त्यस्तै नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले शुभकामना दिंदै पत्रकारिताको आचारसंहिता भित्र रही प्रेस स्वतन्त्रता, हकहित र डोटेली जनताका सवालमा आवाज बुलन्द पार्दै जानुपर्ने बताए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य रामचन्द्र धामी, नेपाल प्रेस युनियन डोटीका अध्यक्ष चक्र कुँवर, प्रेस सेन्टर नेपाल डोटीका अध्यक्ष किरण धामी, समाजवादी प्रेस संगठनका अध्यक्ष नवराज जोशी, प्रेस चौतारी नेपाल डोटीका उपाध्यक्ष तेजु ओली, सचिव राम कुञ्जेडा लगाएतको सहभागिता रहेको थियो ।

May be an image of one or more people and hospital

May be an image of one or more people and hospitalMay be an image of one or more people, hospital and text

May be an image of one or more people

May be an image of one or more people

 

 

 

Leave A Reply

Your email address will not be published.