वन डढेलो नियन्त्रण तथा रोकथाम गर्न डिभिजन वन कार्यालय डोटी कार्ययोजना सहित सक्रिय

329

फाल्गुन ९, डोटी ।

वन डढेलो नियन्त्रण तथा रोकथाम गर्न डिभिजन वन कार्यालय डोटी कार्ययोजना सहित सक्रिय बनेको छ ।

गत माघ २९ गते जिल्ला विपद व्यवस्थापन समिति डोटीको बैठकबाट जिल्ला स्तरीय वन डढेलो नियन्त्रण तथा रोकथाम कार्ययोजना २०८२ स्विकृत गरी अघि बढेको डोटीका डिभिजनल वन अधिकृत गोकुल रिजालले जानकारी दिए । May be an image of one or more people, tree and text

वन डढेलो नियन्त्रण तथा रोकथाम राष्ट्रिय कार्ययोजना २०८२ लाई आधार मानी डिभिजन वन कार्यालय, डोटीका विभिन्न सुरक्षा निकाय र सम्बद्ध सरोकारवालाहरुको राय सुझाव समेतका आधारमा जिल्ला स्तरीय कार्ययोजना बनाईएको रिजालले बताए ।

कार्ययोजना अनुसार शनिबार डोटी जिल्लाका सञ्चारकर्मीहरुसँग वन डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धी पूर्व तयारी बैठक सम्पन्न भएको छ ।

बैठकमा डिभिजन वन कार्यालयका वन अधिकृत गोपीकृष्ण जोशीले जिल्ला स्तरीय वन डढेलो नियन्त्रण तथा रोकथाम कार्ययोजनाको उद्धेश्य, रणनीतिहरु, रोकथामका उपायहरु, लगाएत विषयमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा सहभागि पत्रकारहरुले जिल्लामा वनजङ्गलको अवस्था बारे व्यापक छलफल समेत गरेका थिए ।

वन डढेलो नियन्त्रण तथा रोकथामबारे के के छन् कार्यक्रम हेर्नुहोस् :May be an image of text

May be an image of textMay be an image of text that says 'क्र. क्र.सं क्रियाकलापहरु समयावाधि जिम्मेवार निकाय सहयोगी निकाय हरेक ဒို दिनमा वन अवधिभर डिभिजन वन कार्यालय डोटी कफियत 2 जिल्ला विपद व्यवस्थापन समिति, राष्ट्िय विभित्न तह र अनं्तर निकायहरूबीच वन डढेलो विपद व्यवस्थापनका सम्बन्धमा (डढेलोयाम अगावे, डढेलो याममा र डढेलो याम पदचात) समन्वय बैठकहरू राखे। wwW. na najaronline com आगलागीबाट भएको क्षति तथा डढेलो डि।भिजन वन जिल्ला प्रशासन कारणको अनुगमन, मूल्याइटन तथा अधिभर कार्यालय कार्यालय/ सुरक्षा निकाय अभिलेखन गर्ने (जिल्लास्तर) हरेक ඉ-ം दिनमा'May be an image of textMay be an image of text

विपद व्यवस्थापन समितिले गरेका निर्णयहरु पनि हेर्नुहोस् :

May be an image of ticket stub and textMay be an image of text

सञ्चारकर्मीहरुको बैठकमा डोटीका डिभिजनल वन अधिकृत गोकुल रिजालले के भने ? यो सुन्नुहोस् :

Leave A Reply

Your email address will not be published.