देशभर थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि
भाद्र २४, काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटमा दिईएको जानकारी अनुसार देशभरका प्रयोगशालामा ११ हजार १ सय ६७ नमुना स्वाव परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ । जसमध्ये ३ सय १२ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म ३३ हजार ८ सय ८२ मानिसहरु संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९ सय १८ जना डिस्चार्ज भएका जनाईएको छ ।