‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन मिडियाको भूमिका महत्वपूर्ण’–मूख्य निर्वाचन अधिकृत पाण्डे

336

फाल्गुन १२, डोटी ।
डोटीका मूख्य निर्वाचन अधिकृत पदमराज पाण्डेले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
जिल्ला निर्वाचन व्यवस्थापन समिति डोटीले आयोजना गरेको निर्वाचन र सञ्चार विषयक जिल्ला स्तरीय अन्तरक्रियामा प्रमूख अतिथिका रुपमा बोल्दै पाण्डेले यस्तो बताएका हुन् । उनले भने–‘मिडियाको विभिन्न ठाउँमा आ–आफ्नो सम्पर्क, समन्वय हुने ठाउँबाट आएका जानकारी, आचारसंहिता उलंघनका विषयहरु र मिडियाले प्रकाशन प्रसारण गरेका समाचार समेत पठाएर जानकारी दिन पनि सक्नुहुनेछ ।’
उनले थपे–‘सञ्चारकर्मीहरुले लिखित उजुरी दिनैपर्छ भन्ने चाहीँ होइन । यद्यपी आचार संहिता उलङ्घनका विषयमा लिखित उजुरी आए राम्रो हुन्छ ।’

May be an image of one or more people, people studying and text
यस्तै फेक न्यूज, भिडियो आदिबाट भ्रम फैलाउने, चरित्र हत्या गर्ने र निर्वाचन निर्वाचन आचारसंहिता उलङ्घन गर्नेलाई विद्युतीय कसुर ऐन अन्तरगत सरकारवादी मुद्धा लगाएर कारवाही अगाडी बढाइनेदेखि उम्मेदवारको हकमा उम्मेदवारी रद्द सम्मका कारवाही तथा उम्मेदवार र परिवारका सदस्यको विरुद्ध भ्रम फैलाउनेलाई विद्युतीय कसुर एवं आचारसंहिता उलङ्घन दुवैतर्फ कारवाही हुने उनले बताए । यदि भ्रम फैलाईको पाइएमा त्यस्ता सामाग्री हटाउन जिल्लामा एउटा सेल गठन गरिएको र कहिँ कतै त्यसो गरेको पाईएमा टोल फ्री नम्बर ११०२ मा सम्पर्क गरीदिन आग्रह गर्दै सेलमार्फत त्यस्ता सामाग्री हटाउन लगाईने मूख्य निर्वाचन अधिकृत पाण्डेले बताए । कुनै उजुरी गर्नुपरेमा सिधै निर्वाचन आयोगमा र जिल्लामा पनि उजुरी गर्न सकिने उनले बताए । उजुरी उपर कारवाही गर्न सजाय नै गर्नुपर्ने अवस्था भएमा निर्वाचन आयोगमा पठाइने उनले बताए ।
निर्वाचनको दिन र मतगणनाका बेला पत्रकारहरुलाई रिपोर्टिङ् गर्न सहजताका लागि मिडियाकर्मीले राखेको चासो सम्बन्धमा मतदान अधिकृतहरुलाई दिइने तालिममा यसबारे निर्देशन दिइने उनले बताए ।
मतगणना स्थलमा पत्रकारहरु सबैलाई जान दिने स्थिति नहुने हुँदा मतगणना अपडेट गर्न मिडियाकर्मीहरु सँगको समन्वयमा सहज जानकारी पाउने गरी ह्वाट्सएप ग्रुप लगाएत विकल्प खोजिने उनले प्रतिबद्धता जनाए ।
निर्वाचनमा कर्मचारी खटाउँदा बाहिर आएका असन्तुष्टीबारे सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा मूख्य निर्वाचन अधिकृत पाण्डेले जिल्ला जनशक्ति समन्वय व्यवस्थापन समितिले मापदण्डभित्र रहेर सिफारिस गरेका जनशक्ति खटाईएको बताए । जिल्लामा कार्यरत कर्मचारीहरुको संख्या आवश्यकताभन्दा बढी भएकाले छुटेका कर्मचारीको गुनासो स्वभाविक भएको उनले बताए । तथापि केहि कर्मचारीको सूचि संशोधन पनि भएको र अँझ पनि कुनै कर्मचारी कारणबस नआएमा जुन कर्मचारी फेला पर्यो त्यसैलाई खटाईने उनले बताए । अरु सबै कर्मचारी मापदण्ड अनुसार खटाईए पनि जिल्ला अदालत डोटीमा रहेका करार कर्मचारीहरुलाई भने खटाईएको उनले बताए । उनिहरु उम्मेदवारी दर्ता देखि हालसम्म विभिन्न कामहरुमा खटिरहेका कारण निर्वाचनका लागि पनि खटाईएको बताए । निर्वाचनका लागि डोटीका कूल १ सय १८ मतदान स्थलका १ सय ८१ वटै मतदान केन्द्रका लागि १ हजार ८६ जना खटाईएका छन् । May be an image of studying and text
त्यस्तै डोटीका १ सय ८१ वटा मतदान केन्द्रमा सुरक्षा व्यवस्थाका लागि १ हजारभन्दा बढी संख्यामा नेपाल प्रहरी सँगै १ हजार ४० जना निर्वाचन प्रहरीका साथै ६५ वटै वडामा ससस्त्र प्रहरी र नेपाली सेना पनि उल्लेख्य संख्यामा खटाईने डोटीका प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताईन् ।
निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाहरुको जिम्मेवारी भएकाले मिडियाकर्मीले पनि सहयोगी भूमिका खेलिदिन प्रजिअ नेपालले आग्रह गरिन् ।
यसैबिच यस पटक डोटीमा मतगणना गर्दा सिसिटिभी राखेर ४ ठाउँबाट गणना गरिने उक्त कार्यक्रममा जानकारी दिइएको छ ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय डोटीका निर्वाचन अधिकारी करुणाकर पन्तले निर्वाचन आयोगको तयारी, आचारसंहिता, जिल्लामा निर्वाचनको तयारी र मिडिया क्षेत्रबाट सहयोगका अपेक्षाहरु लगाएत विषयमा प्रस्तुतीकरण पनि गरेका थिए ।

May be an image of ‎text that says '‎डोटी जिल्लाको मतदाता तथा मतदान केन्द्र सम्वनधी विवरण स्थानीय तहको नाम वड सख्या पुरुष मतदाता महिला मतदाता ६८७६ जम्मा मतदाता ८१९४ मतदान स्थल દ२३६ ၃၄၀၆၀ मतदान केन्द्र ७२५० ७१२२ १४ आदर्श गा पा के आई सिंह गापा जोरायल गा पा दिपायल सिलगढी नपा पूर्वीचौकी गा पा बडी केदार गा पा बोगटान फुडसिल गापा शिखर नगरपालिका सायल गाडपालिका e3κσε ६७४३ २२ ९२२५ १० १३८६५ १०३९७ १८ 335 ११ १९६२२ १९ ४९८९ २२ १३६६६ ४६९१ २९ ५२८७ १५ ९६८० ५०९८ २० د १०११० १०३८५ १२ ११३८५ ५३९८ ११ 3 २१४९५ ५७३२ i5 १६ દ१५७८ १११३० ६६८२१ २८ ११ १२८३९९ १७ ११८‎'‎May be a graphic of ‎text that says '‎जनशत्ति व्यवस्थापन जिल्लामा उपलब् जनशक्तीि: निजामती तीनै तह: १६५ शिक्षाक सवै तह: १४९४ जम्मा:३०६० जम्मा: ३०६० मतदान केन्द्र्मा खटाईने जनशक्तीि: मतदान अधिकृत: 959 सहायक म अ 959 सहायक कर्मचारी: १३६ सहयोगी: 959 जम्मा:१०५६ जम्मा: मतदाता शिक्षा स्वयम सेवकमा खटिएका: ٤د जना मतदानको दिन मतदान अधिकृतले स्वयमसेवकको रुपमा खटाउनु पर्ने: ५२३ जनशत्ति व्यवस्थापन निदेशिका बमोजिम मतदान केन्द्र्मा खटाउनु पर्ने जनशक्तिको नियुक्ति भई नियुक्ति पत्र वितरण भई रहेको 13‎'‎May be an image of text
पत्रकारहरुले उठाएका सवालहरुमा डोटीका मूख्य निर्वाचन अधिकृत पदमराज पाण्डे, प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, निर्वाचन अधिकारी करुणाकर पन्त, प्रहरी उपरिक्षक महेन्द्र नेपालले प्रष्ट्याएका थिए ।

Leave A Reply

Your email address will not be published.