काण्डैकाण्डको यस्तै हो ब्याङ्गलोर शहर बाहिरियो, किन डिभोर्सवालीले च्याप्पै समायो ?
बैशाख ११, डोटी ।
गायक, मोडल, कमेडियन तथा सर्जक बहुमुखी प्रतिभाका धनी कलाकार सौगात ओझा र दिपक बोहराको यस्तै हो ब्याङ्गलोर शहर गीत सार्वजनिक भएको छ ।
रोमान्टिक डान्सिङ्ग बिटको उक्त गीत सौगात ओझा युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको छ ।
पछिल्लो समयमा भारतको ब्याङ्गलोरमा हुने गरेका काण्डहरुलाई कथावस्तु बनाएर गीत तयार गरिएको छ । गीतमा गायक ओझाले भनेका छन्–”डिभोर्सवालीले च्याप्पै समाउँछे, दुनियाँ बिर्सेर मसँग रमाउँछे ।”
बुढो छोडेर अर्कै रोज्ने, दुःख परेपछि मिडिया खोज्ने गतिविधीलाई विषयवस्तुमा समेटिएको छ । तर यो सबै घटनाले गोर्खाली (नेपाली)को र ब्याङ्गलोर शहरको बदनाम हुने गरेको भन्दै सबैलाई सचेत रहन गीतबाटै उनलेे सुझाव पनि दिएका छन् ।
सौगात ओझा र दिपक बोहराको संयुक्त शब्द, सँगीत र स्वर रहेको गीतमा दिपक बोहरा र अन्तिम क्षेत्रीले र्याप गाएका छन् ।
म्युजिक एरा स्टुडियोमा कृष्ण बाजुरालीले गीतको एरेञ्ज, मिक्सिङ्ग र मास्टरिङ्ग गरेका छन् ।
निशान निशानीको निर्देशनमा सौगात ओझा, मञ्जु भट्ट, पदम थापा, रेखा बिसि, सबु गौतम, राजेश बाबु, रेनुका बिष्ट र डिके क्षेत्रीले भिडियोमा अभिनय गरेका छन् ।
भिडियो छायांकन तथा सम्पादन इशान खड्काले गरेका हुन् भने कलरिङ्ग बिनोद बमले गरेका हुन् । मस्को क्रियशनको पोस्ट प्रोडक्शन रहेको गीतमा नेपाली र हिन्दी भाषा मिसाईएको छ ।
पूर्ण रुपमा डान्सिङ्ग बिटमा तयार गरिएको गीतले बजार पाउनेमा कलाकार सौगात ओझाले आफु विश्वस्त रहेको बताए ।
ब्याङ्गलोरमा हुने गरेका घटनाको विषयवस्तु बनाईएको भए पनि खासमा बद्नाम हुनबाट जोगिन सन्देश दिन खोजिएको उनले बताए ।
हेर्नुस् भिडियो :