विपि जयन्तीमा बिरामीहरुलाई फलफुल वितरण

635

गणेश मौनी
भाद्र २४, डोटी ।

वि.पि. कोइराला युवा नेतृत्व विकास मञ्च डोटीले विपि कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा जिल्ला अस्पताल डोटीका बिरामी र सिलगढी स्थित पुज्य धर्मान्तक बृद्धाश्रमका वृद्धाहरुलाई फलफुल वितरण गरेको छ ।
कोरोनाको कहरकाबिच औपचारीक कार्यक्रमको आयोजन गर्न असम्भव भएका कारण गरीब र दुःखिहरुलाई सहयोग गर्नुपर्ने बिपिको सिद्धान्त अनुरुप बिरामी र बृद्धाहरुलाई फलफुल वितरण गरीएको मञ्चका डोटी अध्यक्ष रघु बहादुर कठायतले बताए । उनले भने –‘बिपीको राष्ट्रियता, समाजवाद, लोकतन्त्र, मेलमिलाप लगायतका सैद्धान्तिक विषय अहिले पनि बहुस्विकार्य रहेकाले लोकतन्त्र प्रति विश्वास राख्ने सबैले स्वीकार गर्नसक्नु पर्छ ।’
नेपाली राजनीतिमा सर्वाधिक रुचाइएका र आदर गरिने नेताका रुपमा स्मरण गरिने कोईरालाको विक्रम संवत १९७१ साल भदौ २४ गते जन्म भएको थियो । उनी २०१५ सालमा नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनी नेतृत्वको सरकारले गरेका लोकप्रिय कामहरुबाट डराएर तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते उनलाई अपदस्त गरेर पञ्चायती शासन व्यवस्था लागु गरेका थिए ।
त्यसपछि पञ्चायती शासनका विरुद्धमा र प्रजातन्त्रका पक्षमा संघर्ष गर्दागर्दै २०३९ साल साउन ६ गते उनको निधन भएको थियो ।
पछिल्लो समय काँग्रेसका नेता तथा कार्यकर्ताहरुले बिपिको सिद्धान्त र योगदान बिर्सिदै गएको आरोप लाग्दै आएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस डोटीका नेता, कार्र्यकर्ता, जिल्ला अस्पतालका कर्मचारीहरु, नागरिक समाज, पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.