डोटीको शिखरमा सेती नदिमा बगेर एक महिला वेपत्ता
भाद्र २९, डोटी ।
डोटीको सेती नदिमा बगेर एक महिला वेपत्ता भएकी छन् ।
जिल्लाको शिखर नगरपालिका वडा नं. ६ कोट बस्ने अन्दाजी ३२ वर्षकी तुलसी बलायर गाउँ नजिकै सेती नदिमा बगेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले जानकारी दिए ।
सोमबार बिहान करिब १० बजेतिर पानी लिन नदिमा गएको बेला चिप्लिएर नदिमा खसेको र नदिले बगाएर वेपत्ता भएको बताईएको छ ।
उनको तिल्ताली प्रहरी चौकीका असई रघुनाथ ओझा नेतृत्वको टोली र स्थानीय बासीहरुले खोजी कार्य जारी राखेको जनाईएको छ ।