आज विश्वकर्मा पूजा, फलाम तथा धातुजन्य यन्त्र उपकरणकाे पूजा गरिदै

118

असोज १, डोटी ।
आज असोज १ गते, विश्वकर्मा बाबाको पूजा गरि मनाइँदै छ । आजकाे दिनमा आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, मेसिन तथा औजार आदिको पूजा गरिन्छ ।
नेपालमा प्रत्येक वर्ष असोज १ मा विश्वकर्मा पूजा गरेर मनाउने  गरिन्छ ।

खासगरी समुद्र मन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वास रहिआएको छ ।
विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ ।

यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदूरहरूले गर्ने गर्छन् । यो पूर्वोत्तर भारत, बङ्गाल र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा मनाउने प्रचलन छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको कथन छ ।
प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको बताईन्छ । विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाता मानिन्छ । नेपालमा आजै देखि शरद् ऋतु समेत प्रारम्भ भएको मानिन्छ ।

Leave A Reply

Your email address will not be published.