कोभिड-१९ मा स्वास्थ्यकर्मीले खेलेको भुमिका सह्रानीय 

728

असोज १, डोटी ।
डोटीमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारमा स्वास्थ्यकर्मीले खेलेको भुमिका सह्रानीय भएको सरोकारवालाहरुले बताएका छन् ।
जिल्लाका ९ वटै स्थानीय तहको आर्थिक वर्ष २०७६/०७७ को स्वास्थ्य सम्बन्धि जिल्ला स्तरीय वार्षिक समिक्षा तथा कोभिड-१९ सम्बन्धि गोष्ठीको उद्घाटनमा सरोकारवालाहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती डोटीका उपप्रमुख शशी सोवले कोरोना महामारी र अत्यावश्यक अन्य स्वास्थ्य सेवा एकैसाथ गरेकोमा स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई धन्यवाद दिइन । साथै जिल्लामा स्वास्थ्य क्षेत्रमा सुधार गर्न आफुबाट हुने सहयोगका लागि प्रतिवद्धता व्यक्त गरिन ।
कार्यक्रममा बोल्दै कोरोना भाइरसले स्वास्थ्य र सरसफाइका लागि आनीबानी सुधार गर्न सिकाएको डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।
मानव जीवनमा स्वास्थ्य आधारभुत सेवा भएकोले मान्छे कहाँ छन् त्यहाँ सेवा पुर्याउनुपर्छ भन्ने मान्यतामा केन्द्रित भएर सेवा प्रदान गरिनुपर्ने र स्वास्थ्य उपचार सङ्गै स्वास्थ्य सचेतना फैलाउनु पनि महत्त्वपूर्ण भएको पनि प्रजिअ भट्टराईले बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायरले कोरोनाको अवधीमा स्वास्थ्यकर्मीले गालीगलौच सहित कुटिएर पनि काम गरेको र जोखिम मोलेर कोरोना विरुद्ध काम गरेकोमा विशेष धन्यवाद दिए ।
सामाजिक दुरी कायम गरेर आयोजित असोज १ र २ गरि दुई दिनसम्म सन्चालन हुने कार्यक्रममा जिल्लामा स्वास्थ्य क्षेत्रमा ९ वटै स्थानीय तहमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायले गरेका कामको प्रस्तुतीकरण रहने र घनिभुत छलफल गरेर आगामी कार्यदिशा तय गरिने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.