जिल्ला अस्पताल डोटीमा शनिबार गरिएको पिसिआर परीक्षणमा डोटीका १५ र अछामका १३ जना गरी थप २८ जनामा कोरोना संक्रमण पुष्टी

453

असोज १०, डोटी ।

जिल्ला अस्पताल डोटीमा शनिबार गरिएको पिसिआर परीक्षणमा डोटीका १५ र अछामका १३ जना गरी थप २८ जनामा कोरोना संक्रमण पुष्टी छ ।
अस्पतालका मोलेकुलर ल्याव इञ्चार्ज शौरभ श्रेष्ठद्वारा जारी विज्ञप्ती अनुसार जम्मा १ सय २५ नयाँ नमुना परीक्षणमध्ये २८ नमूनाको नतिजा पोजेटिभ र ९७ जनाको नतिजा नेगेटीभ रहेको जनाईएको छ ।

संक्रमितहरुमा डोटीको सायल गाउँपालिकाका ८ जना पुरुष र ७ जना महिला गरी १५ जना रहेका छन् । त्यस्तै अछामको मंगलसैनका ७ पुरुष र ६ महिला गरी १३ जना रहेको विज्ञप्तीमा उल्लेख छ ।

No photo description available.

Leave A Reply

Your email address will not be published.