पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई दम्पतीमा कोरोना
कार्तिक ८, डोटी ।
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमीमा कोरोना संक्रमण पुष्टी भएको छ ।
आफुहरु दुवै जनामा कोरोना संक्रमण देखिएको डा. भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । कात्तिक ७ गते गरिएको स्वाव परीक्षणको नतिजा पोजिटिभ आएको भट्टराई स्वयंले जानकारी दिएका हुन् ।
चिकित्सकको सल्लाह बमोजिम आफुहरु दुवै जना होम आइसुलेशनमा रहेको उनले जनाएका छन् ।
साथै पछिल्ला दिनहरुमा आफु निकट रहेर सम्पर्कमा आएका मानिसहरुलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह पनि गरेका छन् ।