डोटीमा एक बृद्ध पुरुष मृत अवस्थामा भेटिए

419

कार्तिक १८, डोटी ।
डोटीमा मंगलबार एक बृद्ध पुरुष मृत अवस्थामा भेटिएका छन् ।
दिपायल सिलगढी नगरपालिका वडा न १ गोसेडा गाउँका अन्दाजी ७५ वर्षका लक्ष्मण साउद दिपायलको सेती नदी  र द्वारी खोलाको बिचमा मृत अवस्थामा भेटिएका हुन् ।
श्रीमती र छोराछोरी कोही पनि नभएका मृतक साउद जहाँ जस्तो काम पायो मजदुरी गरेर गुजारा गर्दै आएको दिपायल सिलगढी नगरपालिका वडा न १ का वडा अध्यक्ष बहादुर खड्काले जानकारी दिए । हिजो सोमबार दिउँसो आफुले साउदलाई सकुशल देखेको तर आज मृत भेटिएको घटनाको जानकारीपछि शव भेटिएको ठाउँतर्फ गइरहेको उनले बताए । साथै उनका नजिकैको नातेदारहरुलाई गाउँमा खबर पनि गरिसकेको उनले बताए ।
मृतकको शव भेटिएको ठाउँमा दिपायल ईलाका प्रहरी कार्यालयको टोली पुगिसकेको र स्वयं आफु पनि जान लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर मल्लले बताए ।
मृत्युको कारण नखुलेको भए पनि उनी नियमित मदिरा सेवन गर्ने गरेकोले सोही कारण पनि मृत्यु भएको हुनसक्ने श्रोतले अनुमान गरेको छ । शव व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा घटना स्थल पुगेपछि सबैको सल्लाह बमोजिम निर्णय गरिने डिएसपी मल्लले बताए ।

Leave A Reply

Your email address will not be published.