नेकपा नेता मलासीको अगुवाईमा डोटीको बागठाँटाकी जुनकिरीलाई ६९ हजार बढी नगद सहयोग

1,010

कार्तिक २०, डोटी ।

मोटर साइकल दुर्घटनामा परी शक्त घाइते भएकी डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ५ बागठाँटाकी ५५ वर्षीया जुनकिरी भुललाई ६९ हजार बढी नगद सहयोग प्रदान गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश कमिटि सदस्य नारद मलासीको अगुवाईमा विभिन्न सहयोगदाताहरुबाट जुटेको ६९ हजार ३९० रुपैंया विहीबार जुनकिरीकै घरमा गएर दिईएको हो ।
गत असोज १९ गते जुनकिरीका ३२ वर्षिया छोरा शंकर भुलले चलाईरहेको मोटर साइकल डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको वडा नं. २ को गजरौला भन्ने ठाउँमा दुर्घटना भएको थियो । उनका छोरा शंकरको उपचारका क्रममा निधन भईसकेको छ भने जुनकिरीको बायाँ हातदेखि बायाँतर्फको कम्मर र खुट्टासम्म नै गम्भीर चोट लागेको थियो । आर्थिक अभावले अहिलेसम्म उनको उपचार हुन सकेको छैन । उनको परिवार श्रोतका अनुसार अबको दुइ चार दिनभित्र उपचारका लागि भारत लैजाने तयारी रहेको छ ।
छोराको मृत्यु नै भएको र आमा शक्त घाइते भएको घटनाप्रति नेकपाले गहिरो दुःख व्यक्त गर्दै सानो भए पनि आर्थिक सहयोग जुटाएर प्रदान गरेको नेकपा डोटी जिल्ला सचिवालय सदस्य धनबहादुर नेपालीले बताए ।
सहयोग रकम हस्तान्तरणका लागि नेकपाका नेताहरु प्रेम बहादुर शाह, धन बहादुर नेपाली, डम्बर सिं डौडी, शेर बहादुर मल्ल, रमेश खडायत, लक्ष्मण मलासी, जानकी भट्ट, शिक्षक धर्म बि.क. लगाएत सहभागि रहेका थिए ।

कसले कति दिए सहयोग सूचि सहित 

 

Leave A Reply

Your email address will not be published.