अरुलाई कोरोना मुक्त गराएर आफु संक्रमित भइन् स्वास्थ्यकर्मी खड्का

944

कार्तिक २०, डोटी ।

डोटीको पूर्वीचौकी गाउँपालिका, स्वास्थ्य शाखा प्रमूख राजु खड्कामा कोरोना संक्रमण देखिएको छ । उनलाई विहीबार कोरोना पोजेटिभ देखिएको हो ।
जिल्लाका ९ वटा स्थानीय तहका स्वास्थ्य शाखाहरु मध्ये एउटा मात्रै महिला शाखा प्रमूख रहेको पूर्वीचौकी गाउँपालिकालाई कोरोना संक्रमण मुक्त गराउन सफल भएपश्चात खड्का आफैलाई संक्रमण देखा परेको हो ।

आफुलाई सामान्य रुघा ज्वरो आएपछि पीसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको खड्काले बताईन् ।
हालसम्म पूर्वीचौकी गाउँपालिकामा १ सय ५८ जना मानिसहरुलाई कोरोना संक्रमण देखा परेको छ । तर सबै जना निको भई गत असोज ३० गतेपश्चात पूर्वीचौकी गाउँपालिका अहिले कोरोना मुक्त रहेको छ ।

विहीबार खड्कासँगै दिपायल सिलगढी नगरपालिका वडा नं. ५ का थप दुइ जना पुरुष गरी डोटीमा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
डोटीमा हालसम्म कूल १ हजार २ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ७० जना कोरोना भाईरसका सक्रिय बिरामी रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

Image may contain: text that says 'फोन: 4२૦૦૪1, ४२०११९ ई-भेल dhodoti प्रदेश सरकार सुदूरपरिचम प्रदेश विकास मन्ालय नेपाल स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय, डोटी नेपाल सल्या ०७७/०৩7 चलानी प्रेसबिज्ञप्ति मिति २०७७/०७/२० समय दिउसो ३:४५ मिति २०७७ कार्तिक: गते प्रयोगशालाबाट प्राप्त अध्यावधिक विवरण अनुसार जना जना नयाँ. जना follow मा कोरोना संक्रमण पुष्टि भई डोटी जिल्लामा हाल सम्म जम्मा १२९४ (एक हजार दुई चौरानब्बे) जनामा: संक्रमण भएको व्यहोरा जानकारी गराइन्छ तपशिल सि.न. वाई तहको नाम नं. लिंगाउमेर रमेश मलाशी जनस्वास्थ अधिकृत कार्यालय प्रमुख महिला पुरुष जम्मा संख्या दि.सि.न.पा. कैफियत पुनश्च डोटी हाल सक्रिय संक्रमित संख्या isolation (नतिजा डोटी अस्पतालबाट जानकारी राईन्छ निजामती मान्यता, अनुसासन, इनान्वारी ₹ नैतिकता"'

Leave A Reply

Your email address will not be published.