‘नेकपा एकता गम्भीर मोडमा’ – शंकर पोखरेल

306

कार्तिक २९, डोटी ।

नेकपा स्थायी कमिटि सदस्य एवं लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले ‘नेकपा पार्टी एकता गम्भीर मोडमा’ रहेको बताएका छन् ।
नेकपाका प्रथम अध्यक्ष के.पि.शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटिको निर्णयको भाव विपरित पार्टी सचिवालय बैठकमा संगीन आरोप सहित एकल प्रस्ताव पेश गरेकाले पार्टी एकता गम्भीर मोडमा रहेको बताएका हुन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्षबिच लिखित पत्रको दोहोरी चलेकै दोश्रो दिन शनिबार बिहान एक पोष्ट सार्वजनिक गर्दै के.पी.ओली नजिक मानिने नेता पोखरेलले पार्टी एकताको रक्षाका लागि अध्यक्ष प्रचण्डबाट पेश भएको एकल प्रस्ताव फिर्ता गर्न अनुरोध गर्दै छलफलका लागि अनुरोध गरेका छन् ।
ओलीको सँस्थागत प्रस्ताव र प्रचण्डको व्यक्तिगत पत्रलाई इंकित गर्दै यि पत्रबिचको फरक बुझ्न पनि नेता पोखरेलले प्रचण्डलाई आग्रह गरेका छन् ।

नेता पोखरेलको फेसबुक स्टाटस जस्ताको त्यस्तै –


नेकपाका दुइ अध्यक्ष ओली र प्रचण्ड समूहबिच विवादका कारण पार्टीको सचिवालय र स्थायी कमिटिको बैठक बस्न नसकेकोमा प्रचण्ड समूहका ५ नेता प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायण काजी श्रेष्ठले यहि कार्तिक २२ मा सचिवालय बैठकको माग राख्दै बालुवाटार पुगेर २ पानाको पत्र बुझाएका थिए ।
जवाफमा कार्तिक २५ गते प्रधानमन्त्री ओलीले १० पानाको पत्र पठाएका थिए । त्यसको ३ दिनपछि प्रचण्डले ओलीलाई फेरी ७ पानाको पत्र लेखेका छन् ।
यसरी नेकपामा अहिले लिखित पत्रको माध्यमबाट आरोप प्रत्यारोप र खण्डनको जुहारी नै शुरु भएको छ ।

Leave A Reply

Your email address will not be published.