डा.गोविन्द केसीको उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्री ओलीको घोषणा

369

कार्तिक २९, डोटी ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित डा. गोविन्द केसीको स्वास्थ्य उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी दिएका छन् ।
शुक्रबार कोरोना संक्रमण देखिएको केसीको स्वास्थ्य लाभको कामना सहित शनिबार प्रधानमन्त्री अ‍ोलीले आफ्नो ट्वीटरबाट यस्तो जानकारी दिएका हुन् ।
स्वास्थ्य क्षेत्रका विभिन्न विषयमा दर्जनौं पटक अनसन बस्दै आएका डा.केसीलाई समान्य रुघाखोकी र ज्वरो आएपछि विहिवार आफ्नो स्वाब परीक्षण गराएका थिए । शुक्रवार उनमा कोरोना पोजेटिभ देखिएको थियो । उनको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.