के.आई.सिंह गाउँपालिकाका प्रत्येक घरपरिवारलाई चाडबाडको बेला चिनी र नुन

548

Image may contain: 2 people, people standing, child and outdoor

स्थानीयलाई चिनी र नुन वितरण गर्दै के.आई.सिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र शाही

झलक पाली
कार्तिक २९, डोटी ।

डोटीको के.आई.सिंह गाउँपालिकाले चाडबाडको समयमा गाउँपालिकाभित्रका प्रत्येक घरधुरीलाई चिनी र नुन वितरण गर्न लागेको छ ।
गाउँपालिकाभरीका करिब ५ हजार घरधुरीमा चिनी र नुन वितरण गर्न लागिएको के.आई.सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले जानकारी दिए ।
गत वर्ष पनि गाउँपालिकाका करिब ४ हजार ७ सय घरधुरीलाई चिनी र नुन वितरण गरीएकोमा यस वर्ष घरपरिवार संख्यामा बृद्धि भएकाले ५ हजार परिवारलाई चिनी र नुन वितरण गर्न लागिएको अध्यक्ष शाहीले बताए ।
सुपथ मूल्य सहकारी पसलमार्फत प्रत्येक घरधुरीलाई रु ६० का दरले ५ के.जि. चिनी र रु. ८ का दरले आयोडिन नुन गरी रु. ३ सय २४ बराबरको चिनी र नुन वितरण भईरहेको के.आई.सिंह गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष हर्क बहादुर बिष्टले जानकारी दिए ।

Image may contain: 4 people, people standing and outdoor
धनि, गरिब, जातजाती, धर्म, वर्गका सबैलाई चाडपर्वको बेला मिठो मसिनो खानका लागि नुन र चिनी कसैलाई अभाव नहोस् भन्ने हिसाबले गाउँपालिकाको रु. ८ लाख रकमबाट चिनी र नुन वितरण गर्न लागिएको जनाईएको छ ।
उक्त काम वडागत रुपमा शुरु भईसकेकाले अबको केहि दिनभित्र पूरा गरिसक्ने के.आई.सिंह गाउँपालिकाका सहायक लेखापाल डम्मरलाल भट्टले जानकारी दिए ।

Image may contain: 2 people, people standing, child and outdoor

 

Leave A Reply

Your email address will not be published.