पौष १७ मा नेकपाको बृहत कार्यक्रम डोटीको सिलगढीमा आयोजना हुने, वन तथा वातावरण मन्त्री आलेमगरले सम्बोधन गर्दै

836

पौष १५, डोटी ।

यही पौष १७ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीको बृहत कार्यकर्ता भेला एवं नेपाल सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री प्रेम आलेमगरलाई सम्मान तथा बधाई कार्यक्रम सिलगढीमा आयोजना हुने भएको छ ।
कार्यक्रमलाई नेकपा केन्द्रिय सदस्य, डोटी जिल्ला इन्चार्ज एवं नेपाल सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री आलेमगरले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा डोटीले जनाएको छ ।
सरकारले आगामी बैशाख १७ र २७ गतेका लागि घोषणा गरेको मध्यावधि निर्वाचनको स्वागत सहित सिलगढीको नाचन्थलीमा मध्याह्न ठिक १२ बजे जम्मा भएर र्याली सहित इन्द्रचोकमा सभामा परिणत हुने नेकपा डोटी जिल्ला कमिटी कार्यालय सदस्य राम बहादुर ऐरले जानकारी दिए ।
कार्यक्रममा नेकपा केन्द्रिय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, स्थानीय तहका कमिटीका नेता कार्यकर्ताहरु, स्थानीय तहका जनप्रतिनिधिहरु र नेकपाका आस्थावान मानिसहरू सहभागी हुने नेकपाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.