नेकपा ओली समूहको आदर्श गाउँपालिका कमिटि अध्यक्षमा चन्द्रदेव ओझा र सचिवमा तेज बहादुर रोकाया

594

माघ ८, डोटी ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को आदर्श गाउँपालिका स्तरीय कमिटिको बिस्तारित बैठक विहिबार सम्पन्न भएको छ । बैठकबाट चन्द्रदेव ओझा अध्यक्ष र तेजबहादुर रोकाया सचिव रहेको ९९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
प्रचण्ड–नेपाल समूहमा रहेका उक्त गाउँ कमिटि अध्यक्ष गोविन्द पार्की र सचिव तपेन्द्र बोहरालाई जिम्मेवारीबाट हटाएर ओझा र रोकायालाई जिम्मेवारी तोकिएको नेकपा डोटी (ओली समूह) ले जानकारी दिएको छ ।
नेकपाको एकता हुँदा नेकपा डोटीको अध्यक्ष बनेका चक्र मल्लको गृह गाउँपालिका हो । एमालेमा हुँदा के.पी.ओली निकट मल्ल पार्टी विवाद उत्पन्न हुँदा प्रचण्ड–नेपाल खेमामा देखिएका छन् । मल्लको आधार क्षेत्र मानिएको आदर्श गाउँपालिकामा वडा नं. २ का वडा सदस्य समेत रहेका चन्द्रदेव ओझा नेतृत्वमा गाउँपालिका स्तरीय कमिटि बनेको हो । हिजो बुधबार मात्रै सो गाउँपालिकाको वडा नं. २ स्तरीय बिस्तारित बैठकमा प्रचण्ड–नेपाल खेमाका अध्यक्ष चक्र मल्लले आदर्श र सायल गाउँपालिकामा ५० वर्ष कम्यूनिष्ट सरकार चल्ने बताएका थिए । आफ्नै पार्टीभित्रको विवादका कारण गृह गाउँपालिकामा समेत शशक्त नेता कार्यकर्ताहरु उनको विपक्षी समूहमा उभिएका छन् ।
विहीबार सम्पन्न बिस्तारित बैठकलाई नेकपा ओली समूहका केन्द्रिय, प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरुले संवोधन गरेको नेकपा जिल्ला अध्यक्ष राम ऐरले जानकारी दिए ।

Image may contain: 2 people, people sitting, people on stage and outdoor

Leave A Reply

Your email address will not be published.