डोटीमा नेकपा एमालेको आफ्नै भवनमा कार्यालय स्थापना

638

फाल्गुन २६, डोटी ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीले आफ्नै नव निर्मित भवनको समुद्घाटन सहित कार्यालय संचालनमा ल्याएको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ जिरो प्वाइन्ट नजिकै आफ्नै जमिनमा बनेको भवनको एमाले केन्द्रीय नेतृ एवं संविधान सभा सदस्य गौरी ओलीले समुद्घाटन गरिन । यससँगै डोटीमा नेकपा एमालेका दुई वटा कार्यालय स्थापना भएका छन् ।
हिजो मंगलबार मात्रै एमाले माओवादी एकतापश्चात बनेको नेकपा डोटीको कार्यालय रहेको सिलगढी मल्लो बजारमा एक निजि घरमा भाडामा रहेको घरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीको साइन बोर्ड राखेर उद्घाटन गरिएको थियो ।
उक्त कार्यालय माओवादी केन्द्रसङ्ग एकता हुनुपुर्वको एमाले पार्टी कार्यालय नै थियो ।
एमाले र माओवादी केन्द्रबिच एकीकरण हुनुपुर्व एमाले डोटीका अध्यक्ष रहेका चक्र मल्लको नेतृत्वमा उक्त ठाउँमा साइन बोर्ड राखिएको थियो ।
एमाले र माओवादी केन्द्रबिच एकीकरणपछि पनि नेकपा अध्यक्ष रहेका मल्ल गत पुस ५ गतेको संसद विघटनपश्चात् प्रचण्ड-नेपाल खेमामा उभिएका थिए ।
तर सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको नाममा फैसला सुनाएपछी पार्टीको केन्द्रबाट आएको निर्देशन अनुसार बोर्ड परिवर्तन गरिएको मल्लले बताएका थिए ।
यता आज बुधबार नेकपा एमाले अध्यक्षका रूपमा राम बहादुर ऐर नेतृत्वमा एमालेकै भवनमा कार्यालय स्थापना गरेको छ ।
जिल्ला समन्वय समिती डोटीका प्रमुख समेत रहेका ऐर एमाले माओवादी एकता पूर्व एमाले डोटीका सचिव हुन् ।
संसद विघटनपश्चात् नेता ऐर केपी ओली खेमामा उभिएका थिए ।
जिल्लामा एउटै पार्टी एमालेका छुट्टाछुट्टै २ वटा कार्यालय स्थापना भएपछि विवाद देखिने भएको छ ।
यस विषयमा पार्टीको केन्द्रिय स्पष्ट निर्देशन आइनसकेको हुँदा औपचारिक विवाद बाहिरी सतहमा भने आइसकेको छैन ।

Leave A Reply

Your email address will not be published.