विश्व क्षयरोग दिवसका अवसरमा डोटीमा सञ्चारकर्मीसङ्ग अन्तरक्रिया

930

चैत्र ११, डोटी ।
हरेक मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसका अवसरमा डोटीमा सञ्चारकर्मीसङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने मूल नाराका साथ स्वास्थ्य कार्यालय डोटीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सन् १८८२ मार्च २४ मा पहिलो पटक जर्मनी वैज्ञानिक डाक्टर रोबर्ट ककले टिबि रोग पत्ता लगाएका थिए ।
नेपालमा सन् २०१६ देखि २०३५ सम्ममा क्षयरोग अन्त्य गर्ने लक्ष्यका साथ “इन्ड टिबि” अभियान संचालन भैरहेको जनाइएको छ ।
क्षयरोग चेकजाँच गर्नका लागि डोटीमा अहिले ७ स्थानमा माइक्रोस्कोपिक केन्द्र रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
चालू आर्थिक वर्षको साउनदेखि फाल्गुनसम्म डोटीमा १ सय ११ जना क्षयरोगका नयाँ बिरामी फेला परेको तथ्यांक स्वास्थ्य कार्यालयसङ्ग छ ।
क्षयरोगका बिरामी पत्ता लगाउन सुविधायुक्त स्वास्थ्यको पहुँच नहुनु, पत्ता लागेका बिरामीहरु बिचैमा सम्पर्क बिहिन हुने, बिरामीको उपचारका लागि रिफर गर्ने प्रभावकारी संयन्त्र नहुनु, छुट्टाछुट्टै आइशोलेसन वार्ड सहितको सुविधा नहुनु, ढिलो गरि रोगको निदान हुनु, समाजमा हेलाको दृष्टिले हेर्ने लगाएतका समस्या रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
उल्लेखित समस्याहरु समाधान गर्न सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने र संचार माध्यमले अहम भुमिका खेल्नुपर्ने नेपाल पत्रकार महासंघ डोटीका सदस्य नवराज जोशीले जोड दिए ।

Leave A Reply

Your email address will not be published.